वाँसवाट लडेर एक महिला घाईते
Published on
6:59:00 PM //
पि.एम.मगर
गुल्मी, चैत्र १० । वाँसको घाँस काट्ने क्रममा खसेर अर्घाखाँचीको खन गाविसमा एक महिला गम्भिर घाईते भएकी छन् । आज विहान करिव साढे ९ वजेतिर घर नजिकै रहेको वाँसको घाँस काट्ने क्रममा खसेर खन गाविस वार्ड नं. १ निवासी २२ वर्षीया विमला विश्वकर्मा घाईते हुनुभएको हो । घाईते विमलाको टाउको र ढाडमा गम्भिर चोट लागेको छ । स्थानीयवासीको सहयोगमा नजिकैको मडिकलमा पु¥याई घाईते विमलाको उपचार भईरहेको त्यहाँवाट सुष्मा वरालले जानकारी दिनुभएको छ ।
0 प्रतिकृयाहरु