नेपाल राष्ट्रिय शिक्षक संघठन गुल्मीको ११ औ जिल्ला अबिधेसनको तयारी पुरा
Published on
10:11:00 PM //
अनिल खत्री
गुल्मी, चैत्र २९ । नेकपा एमाले निकट मानिने नेपाल राष्ट्रिय शिक्षक संघठन गुल्मीको ११ औ जिल्ला अबिधेसनको तयारी पुरा भएको छ । शुक्रवार र शनिबार गुल्मीको सदरमुकाम तम्घास स्थित बालमन्दीरमा सन्चालन हुने जिल्ला अधिवेसनको समपुर्ण तयारी पुरा भएको नेपाल राष्ट्रिय शिक्षक संघठन गुल्मीका अध्यक्ष रोहित भण्डारीले जानकारी दिनुभयो ।
अबिधेसनका लागी गुल्मी जिल्लाका बिभिन्न स्थानका शिक्षकहरु सहित प्रतिनिधी पर्यबेक्षकहरु रहने समेत भण्डारीले जानकारी दिनुभयो । अबिधेसनको उदघाटनको लागी नेपाल राष्ट्रिय शिक्षक संघठन केन्द्रिय उपाध्यक्ष बामदेव ढुगांना सहित नोकपा एमाले पोलिट व्यूरो सदस्य प्रदिप ज्ञावली, केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गोकर्ण बिष्ट लगायत कार्यक्रममा उपस्थित रहने समेत भण्डारीले जानकारी दिनुभयो ।