५५ वर्षदेखि बिद्यालयको परिचर ८७ वर्षिय बृद्ध
Published on
2:50:00 AM //
प्रेम सुनार
बैशाख १, गुल्मी । उनका दौँतरी मध्य कसैको मृत्यु भयो, कोही बिमारले खाडिएर थातै दिशा पिशाव पनि भएका छन् । उनका सामु उनैले धरालो गरेर हुर्काएकाहरु अहिले साठी नाघेँ, बुढो भईयो भन्दै लौरो टेकेर हिड्नेहरु पनि छन् तर उनै भिमलाला बुवा ८७ वर्षको उमेरसम्म बैँस उमेरकै जोँसका साथ गत ५५ वर्षदेखि एक विद्यालयमा परिचरको काम गरिरहेका छन् । यो गुल्मी हुँगाको सुखद खवर हो नव वर्ष २०७० का लागि ।
२०१६ देखी २०७० सम्म
जन जागृति उच्च माध्यामिक विद्यालय हुँगा ६ ठुलापोखराका प्रधानध्यापकदेखि शिक्षक, विध्यार्थी, अभिभावक सबैले भिमलाल बुवा भनेर पुकार्ने हुँगा गाविस स्थित ठुटेपिपल माझथर निवासी भिमलाल सुवेदी २०१६ सालदेखखि २०७० सम्म आई पुग्दा अनवरत विद्यायलको परिचर रहेका हुन् । ‘२०१६ सालमा त्यो बिद्यालय स्थापना गर्दा नि:शुल्क पियनको काम सुरु गरेको हुँ’, भिमलालले भने ‘तिन वर्षपछि २०१९ सालमा जव बिद्यालय मिडिल बन्यो तव ४५ रुपैयाँ मासिक तलव खान थालेको हुँ ।’
८५ बर्षमा पनि युवा सरह जोश र जाँगर
पातलो शरिर, सानो गाँठीका भिमलाल आधा घण्टाको दुरीमा पर्ने घरबाट ठिटाहरुकै दाँजोमा हिँडेर विद्यालय आउने गरेको र उनि समय अनी अनुशासनका पालक त्यसैगरी कर्तब्य निष्ठाका उदाहरणीय पात्र भएको बिद्यालयका निमित्त प्राचार्य विजयकुमार झाले बताए ।
‘यो उमेरमा उहाँमा देखिएको जोस, जाँगर , उमङ्ग र कार्यप्रति निष्ठावान मैले अन्यत्र कतै देखेको छैन’ झाले थपे, ‘उदाहरणका पात्र हुनुहुन्छ ।’ गर्मि होस की जाडो मौसम, बाह्रैमास एकनास उहाँ विहान साढे ६ वजेबाट सन्चालन हुने प्लस टु कक्षाका लागि ६ वजेर १० मिनेटमा ठ्याक्क आईपुग्नु हुन्छ र गर्नुपर्ने सबै तयारी समयमै गरिसक्नुहुन्छ’ झाले भने –‘यो उमेरमा त्यस्तो फुर्तिलो र काम काजी मान्छे झ्याप्प फेला पार्न मुस्कील नै हुन्छ’ उनले थपे ‘विध्यार्थीहरुलाई अनुशासनमा राख्नु भाछ, माया पनि गर्नुहुन्छ र आबश्यक परे गाली पनि गर्नुहुन्छ, विद्यार्थी र सरहरुले पनि आदर गरेर भिमलाला बुवा भनेर पुकार्ने गर्दछन् म आफैले पनि भिमलाल बुवा भनेर आदर गर्ने गर्छु उहाँलाई काम भए पुग्छ अरु केहि चार्हिदैन ।’
लाखौंँमा एक
शिक्षिका कमला भण्डारीको नजरमा यति लामो समय र त्यो उमेर सम्म अनवरत काम गर्ने परिचर देशमै पहिलो हुनु पर्दछ । कमला भन्छीन –‘शिक्षा मन्त्रालयले खोजेर यदि उहाँ त्यो उमेरमा बिद्यालय परिचर रहने देशमै पहिलो ब्याक्ति हो भने उहाँको बाँकी जिवन निर्वाहका लागि उचित ब्यवस्था गरिदिनु पर्ने हो, हामीलाई त लाग्छ उहाँ देशमै पहिलो ब्यक्ति हो ।’
जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल भन्छन्– ‘उहाँ उमेरका हिसावले मात्र होईन लगनशिल र कर्मठ ब्याक्तिका हिसावले पनि सम्मानका पात्र हुनुहुन्छ ।’ अझ थप्छन, ‘म विध्यालय मै गएर बुझ्दा सवैबाट उहाँ असाध्धै लगनशिल र कर्मठ ब्याक्ति भएको पाएँ ।’ यो जिल्लामा त त्यति लामो समय र उमेरसम्म परिचर रहेका ब्याक्ति छैनन, देशभरमै त ठ्याक्कै भन्न सक्दीँन तर उहाँ त्यस्तो ब्याक्ति हुन पनि सक्नुहुन्छ’ अर्यालले भने ।
पुराना दिन
‘२०१६ सालमा कसैले दारपात ल्याईयो, कसैले ढुङ्गा, माटाको जुगाड गरी एक तला पुरेर ढुङ्गाले छाएर बिद्यालय बनाएका हौं’, भिमलालले भने । उनले त्यो विद्ययालय स्थापना गर्दाका ब्याक्तिहरु मध्य हुँगा १ गैराखर्कका स्वर्गिय थानेस्वर भण्डारी, शिवलाल भण्डारी, वडा नम्वर २ का जमदार चिन्तामणी ढेंगा मगर लगायतलाई सम्झीदै भने–‘उहाँहरुले हात जोडेर तिमी बसीदेउ भनेर भन्नु भएर बसेको हुँ अहिले उहाँहरुको मृत्यु भयो भित्तामा रहेको फोटो हेर्ने गर्दछु ।’ उनले ताते गराउँदै त्यसै विध्यालयमा पढाएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई सम्झिँदै भिमलालले भने– ‘चन्द्रबाबुले पनि यहिँ पढेर गएका हुन् सार्है मेहनती विध्यार्थी थिए ।’ उता नेता भण्डारीले भने भिमलाल प्राचार्य भन्दा पनि ठुला ब्याक्ति भएको बताए । ‘उहाँ त विध्यालयको सवैभन्दा ठुलो ब्याक्ति हो, हामीलाई असाध्यै स्यहार गर्नुहुन्थ्यो, उहाँ प्राचार्य भन्दा पनि मान्ने मान्छे हो ।’ त्यस विध्यालयमा उहाँको जतिको योगदान अरुको छैन उहाँ सम्मानका पात्र हुनुहुन्छ’ –स्थानियबासी समेत रहेका नेता भण्डारीले भने ।
‘४५ रुपैयाँ तलब थियो त्यसले घर चलाउन गाह्रो हुने गर्दथ्यो, निकै अनिकालको सामना पनि गरे भिमलालले भने – ‘मुसिकोट, पौँदीअमराई सम्म पुगी कोदो बेसाएर छोरा छोरी हुर्काएको हुँ’ भिमलाले दु:खका दिन सम्झिए ।
अहिले कस्तो छ त घरयासी अवस्था ?
‘उस्तै भएर त यो बुढेसकालमा पनि परिचरको काम गरीरहेको छु’ उनको यस्तो जवाफ थियो ।
विगतमा दलित अगुवाहरुले विशेषतः व्राम्हणहरु आफुले काम नगरी अरुलाई कजाई खाने समुदाय भनेर आरोप लगाउने पनि गर्दथे तर ब्राह्मण जातको तपाईले ८७ वर्षको उमेरमा पनि त्यस विध्यालयका सवै जातजातीका सरहरुका जुठा गिलास माझेर त्यो आरोप मिथ्या सावित गरी दिनु भा’हो ? भन्ने प्रश्नमा उनले भने –‘हो त्यस्ता आरोप लगाउनेहरुले यसरी नै काम गरे राम्रो हुन्छ ।’ ‘मेरा घर वरीपरी दलितका घरहरु छन् । तितो पिरो हामीमा हुँदैन । उनिहरुले मलाई असाध्यै मान्छन् मैले पनि उनिहरुलाई मान्छु । समाज यसरी चलेको छ हाम्रो , सवै भन्दा काम प्यारो रै’छ सवैले रुचाउँछन्’ – उनले भने । त्यो जमानामा १५ वर्षका भिमलाल संग आँपचौरकी ८ वर्षिया बालिका टिकीसंग विवाह भएको थियो । ‘१३ वर्षमा उनले छोरा जन्माईन’ भिमलालले भने –‘पछी उनको मृत्यु भयो । ’
४ छोरा ३ छोरी रहेका भिमलालले छोरा छोरी स्याहर सुसार गर्न नसकेपछि ६० वर्षको उमेरमा रिमुवाकी ३० वर्षिया सुमित्रालाई दोस्रो विवाह गरेको बताउँछन् । ‘एकातिर श्रीमतिको मृत्यु अर्कोतिर शोक माथी सन्ताव भनेझै ठुलो छोरा पनि वित्यो । घरमा केहि थिएन । एकचोटी त सारै विरक्त लाग्यो र मरुँ कि जस्तो पनि लाग्यो तर पछि हरेस खाईन, खानु पनि हुन्न आँट गरें, अहिले छोराहरु हुर्केर यसो सास फेर्न पाएको छु’–उनले भने । उनले ति दु:खका दिन सम्झीँदै भने–‘घरमा खाने खर्च हुँदैनथ्यो । कहिले काहीं गाउँमै पैँचो मागेर पनि चलाईयो ।’
भिमलालको ईमान्दारिता र बफादारीता
भिमलाल पुराना संघर्षका दिन सम्झेर विरक्त हुँदै रेडियो कार्यक्रम ओझेलका खवरमा डाँको छाडेर रोएका थिए । भिमलाल पनि रुँदै भने –‘हामी गरिबलाई कसले हेर्ने ? पार्टीहरुले आफ्ना आफ्ना मानिसहरु मात्रै तान्छन्, हामी गरिवलाई कसैले हेर्दैनन् ।’ द्धन्द्धकालमा सुरुक्षाको कारण देखाई थुप्रै शिक्षक, नेताहरु सदरमुकाम र राजाधानीमा बसेर द्धन्द्ध पिडित बनिरहँदा भिमलाल भने विध्यालयमा कसैले क्षति पु¥याउँछन् कि भन्ने पिरले बिद्यालयमै सुत्ने गर्दथे ।
‘बहुदल ताका पनि चार पाँच सय मान्छेले यो विध्यालय घेर्न आए म लौ के गर्छौ भनेर अगाडी बढ्ने गर्दथे’ भिमलालले भने–‘द्धन्द्धकालमा पनि मेरो विस्तरा विध्यालयमै रह्यो अहिले पनि छ, ३० वर्ष भयो मेरो विस्तरा यहिँ नै छ ।’ यस हिसावले उनले परिचर मात्रै गरेका छैनन् रातमा चौकिदारी पनि गरेका छन् । उनको त्यो खटन पटन देख्दा शैक्षिक क्षेत्रका सच्चा पहरेदारी भन्न सकिन्छ तर अहिले आएर उनको मासिक तलब बल्ल बल्ल ६ हजार पुगेको छ । उनले विध्यालय ब्यबस्थापन समितिले भन्दा बढि काम गर्दै आएको स्थानियबासी बताउँछन् । स्थापना कालखेखि लामो समय सम्म शिक्षकहरु उनले कहिले धुर्कोट त कहिले पाल्पा सम्म पुगेर खोजेर ल्याउने गर्दथे ।
सरोकारवालाहरुको उदासिनता
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रणबहादुर पल्ली भन्छन्, "उहाँको योगदान सम्झीने हो भने त जती तलव दिए पनि कम हुन्छ तर के गर्ने राज्यले भिमलाल जस्ता ब्यक्तित्वलाई उपेक्षा गरेको छ, हामीले निजी श्रोतबाट दिनसक्ने अवस्था छैन ।’ उनलाई सुरुदेखि त्यस विध्यालयमा खटेको दख्नेहरु भन्छन्, ‘भिमलाललाई राज्यले योगदानको कदर स्वरुप मानार्थ शिक्षकको पेन्सन दिनुपर्ने हो ।’
भिमलाल भन्छन् ‘मलाई अरु बरु केहि चाँहिदैन तर म जस्ता सारा विध्यालयका परिचरहरु माथीको यो उपेक्षा र राज्यबाटै श्रम शोषणको अन्त्य होस भन्ने चाहन्छु ।’