शान्तिपुर सामुदायिक ग्रामीण बिद्युतीकरण समुहको अधिबेशन सम्पन्न (फोटोहरु सहित)
Published on
12:04:00 AM //
तेजेन्द्र थापा
शान्तिपुर, बैशाख २६ । शान्तिपुर ईलाका सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समूह शान्तिपुर गुल्मीको तेश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । यहि बैशाख २४ र २५ गते शान्तिपुरमा सम्पन्न कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष गिरिराज शर्माले गर्नु भएको थियो ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सामुदायिक बिद्युतीकरण भएका समूहहरुलाई बिद्युत प्राधिकरणले सौतेनी ब्यबहार गर्ने गरेको भन्दै असन्तुष्टी ब्याक्त गर्नुभएको थियो । उँहाले गुल्मी जिल्ला लोडसेडिंग मुक्त जिल्ला भएर पनि बिद्युत अनियमित भईरहेकोले सम्पूर्ण उपभोक्ताहरुले यसको मार खेप्नुपरेको र सो समस्या समाधान गर्नको लागि पटक-पटक प्राधिकरणसंग बार्ता भए पनि सो समस्या जस्ताको तस्तै भएको हुनाले संघर्ष गर्नका लागी संघर्ष समिति समेत गठन गरिसकिएकोले अब सम्पूर्ण सामुदायिक बिद्युतीकरण समिति, लोड सेन्टर समिति सबै मिलेर बिद्युत प्राधिकरणको कार्यालय घेर्ने जस्ता कार्यक्रम रहेको हुनाले सो कार्यक्रममा उपस्थित हुन् सबैलाई अनुरोध समेत गर्नु भएको थियो । २
४ गते खुल्ला सत्र र २५ गते बन्द सत्र गरि सम्पन्न सो कार्यक्रमको बन्द सत्रले ३ बर्षको कार्यकालको लागि सिद्द बहादुर थापाको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । उक्त समितिमा बिशिष्ठ सदस्य गिरिराज शर्मा, उपाध्यक्ष यम बहादुर थापा, सचिब धाचानन्द गौतम, सह-सचिब तेज बहादुर थापा (तेजेन्द्र), कोषाध्यक्ष टेक बहादुर पुन र सदस्यहरुमा सु.टेक बहादुर खत्री, दीपक श्रेष्ठ, ईश्वर खत्री, खिम बहादुर गुरुङ, धर्मानन्द गौतम, यम बहादुर गौतम, राम कुमारी कार्की, भीमसेन पौडेल, गिरि प्रसाद पुन, मिन प्रसाद श्रेष्ठ र बोम बहादुर भलामी रहनु भएको छ ।