दुबईमा २५५७ औं बुद्ध जयन्ती मनाईयो (फोटो फिचर)
Published on
4:06:00 AM //
लालबहादुर ढेंगा
दुबई । युएईस्थित कार्यरत प्रवासी नेपालीहरुले गए २४ मे शुक्रबारका दिन भगवान बुद्ध नेपालमा जन्मेको हो भन्ने नाराका साथ २५५७ औं बुद्ध जयन्ती विधिवत रुपमा पूजाआजा गर्दै विविध रंगारंग सांगीतिक माहौलमा मनाएको छ । सो बुद्ध जयन्ती तमु समाज युएईको आयोजना भएको हो । उक्त कार्यक्रमको अध्यक्षता तमु समाज युएईका अध्यक्ष डिआर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा बृद्ध आमा गंगामति तमुस्यो रहनुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेको कार्यक्रमलाई ईन्द्रा तमुले संचालन गरेको थियो ।
भगवान बुद्धको पूजाआजा सकिने लगत्तै प्रसादको बितरणपछि सांस्कृतिक प्रस्तुतिहरु सुरु भएको थियो । जसमा राजेश घलेले गाएको “हररात सपनीमा नेपाल देख्न पाउं, बिउंझेर नेपालकै माटोलाई चुम्न पाउं” भन्ने गीतले देश भक्तितिर लगेको थियो भने कपिल तामाङको “कान्छीलाई घुमाउने काठमाण्डौ सहर” गीतले दर्शकलाई एक छिनको लागि साच्चै नै काठमाण्डौ घुमाउनमा सफल भएको थियो । फेरि दीपक गुरुङ र नमुना गुरुङको “ऐ भेना ल्याई देऊ न मलाई पछौरी मलमलको” चुड्का गीतको नृत्यले हललाई नै तताएका थिए ।
स्थानीय गायक अमृत गुरुङको गीत “गुंरासको फेड मूनि सम्झनाको छाया” पनि निकै सान्दर्भिक लाग्थ्यो । त्यस्तैगरी जय गुरुङले गाएको गीत “सायद तिम्रो बाटोमा” र “हात्ती घोडा हैन मलाई माया चाहिन्छ” भन्ने गीतमा राम लामाको नृत्यले दर्शकलाई मनोरञ्जन दिएको थियो । अन्य कलाकार विनिता थापाको करुवा नृत्य, मुना गुरुङको आधुनिक गीत “सुरिलो रुख सल्लै हो, बोलाको तिमीले कल्लाई हो”, गुरुङ गीत “माया पिरती थेनो शिरमा” गुरुङहरुको मौलिकता झल्काउने गुरुङ ड्रेसमा आशिष गुरुङ र दीपक गुरुङको नृत्य र दीप शुब्बाले गाएको “तुलसी आगनमा रोपौला, जीवनभरी छातीमा राखी मायाले छोपौला” भन्ने गीतले पनि सबैलाई रमाइलो दिएको थियो । त्यस्तैगरी “शिखलेसको मेलैमा” भन्ने गीतमा नमुना गुरुङ र राम काजी गुरुङको युगल जोडीको नृत्यले दर्शकलाई मनोरञ्जन दिनमा सफल भएको थियो । हेमन्त गुरुङले गाएको गीत बल्ल–बल्ल भेट भो दर्शन नमस्ते, दीपक गुरुङको एकल नृत्य, अमृत गुरुङ र पवित्रा गुरुङको युगल जोडी नृत्य र शेरचन गुरुङको नृत्य पनि सबैले मन पराए ।
सोही कार्यक्रमको अवसरमा मृगौला पीडित दिनेश गुरुङलाई आर्थिक संकलन गरी सहयोग स्वरुप १,२१६ दिराम प्रदान गरेको छ । उक्त आर्थिक सहयोगप्रति बिशेष गरी ईन्द्रा श्रेष्ठ तमुस्यो, सविना तमुस्यो, बुद्धिजीवी, समाजसेवी र सम्पूर्ण सहयोगीहरुलाई तमु समाज युएईले धन्यबाद समेत दिएको छ ।
हेरौँ दुबईबाट गुल्मीन्युज सहयोगी लाल बहादुर ढेँगाले खिचेर पठाउनुभएका तस्बिरहरु: