१०६ सन्तानसँगै भीमलाले मनाइन् सय वर्षको जन्मदिन
Published on
12:50:00 PM //
घनश्याम गौतम
गुल्मी, वैशाख २८ । एक आमाबाट फैलिएका सन्तान १ सय ६ जना पुग्दासम्म ती सबै सन्तानकी आमा जीवितै छन् भन्दा पत्यार नलाग्न सक्छ । तर यहाँको रुरु ३, च्युरेककी सय वर्ष पुगेकी भीमला ज्ञवालीले आपmना छोरा र छोरीबाट जन्मेका सबै सन्तानका साथ सय वर्षको जन्मदिन मनाएकी छन् ।
भिमलाको घरमा उपस्थित प्रजिअ कबिन्द्र नेपालका साथ उपस्थित अन्य पाहुनाहरु र आफन्तहरु । फोटो: घनश्याम गौतम |
'आमाको रगतको सम्बन्धबाट जन्मेका कसैको पनि अहिलेसम्म मृत्यु भएको छैन,' छोरा ज्ञवालीले भने, 'जति जन्मिए सबै जीवितै भएकाले अहिलेसम्म १ सय ६ पुगेका छौं ।' माइतीतिर भने ५ छोरी र १ छोरामध्ये भीमला र ७३ वषर्ीया बहिनीमात्र जीवित रहेको र उनका भाइ टीकारामको समेत ९७ वर्षको उमेरमा गत वर्ष मृत्यु भएको रुरु संस्कृत विद्यापीठका उपप्राध्यापक उपज ज्ञवालीले बताए । भीमलाको माइती घर गुल्मीकै सिमीचौरमा हो ।
सन्तान बढेर १ सय ६ सम्म पुग्नु, सबै जीवितै रहनु र आमासमेत सय वर्षसम्म रहनुले परिवार सबैमा उत्साह र हर्षोल्लास भएको भन्दै सबै परिवार जुटेर मातातीर्थ औंसीका दिन बिहीबार दीर्घायुको कामना गर्दै सम्मान गरिएको र आमाले सबैलाई आशीर्वादसमेत दिनुभएको छोरा ज्ञवालीले बताए । भीमलाको सम्मान कार्यक्रममा भीमलाकै नाता पर्ने प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, स्थानीय समाजसेवी, बुद्धिजीवीसहित सयौं सर्वसाधारण समेत उनको घरमा उपस्थित थिए ।
सामान्य खाना खाने भीमलाको स्वास्थ्य राम्रो छ । लौरो टेकेर हिँडडुल गर्न सक्ने भीमलाले बिहान दैनिक स्नान र पूजापाठ गर्छिन् । २०३७ सालमा एउटा आँखा कमजोर भए पनि चेतना र कानमा अहिलेसम्म कुनै समस्या नआएको परमानन्दले बताए । स्याहारसुसार र खानपिनमा ध्यान पुर्याएकै कारण आमा दीर्घजीवी भएको कान्छी बुहारी उषाले बताइन् । परिवारका अनुसार उनको स्वभावसमेत अत्यन्त शान्त छ । मातातीर्थ औंसीकै अवसर पारेर हजुरआमा सय वर्ष पुगेको खुसियालीमा १ सय १ मैनबत्तीसमेत बालिएको नाति विजय नेपालले बताए । भीमलाका श्रीमान्को ५८ वर्षअघि मृत्यु भएको थियो ।
आपmनो सम्बन्धका १ सय ६ सन्तान पुग्दासम्म जीवितै रहनु सौभाग्य भएको निवर्तमान गाविस अध्यक्ष केशरमान बजिमयले बताए । 'उहाँबाट हामीले पनि आशीर्वाद र प्रेरणा लिनु जरुरी छ,' बजिमयले भने ।