Published on
5:57:00 AM
//
पि.एम.मगर
गुल्मी, वैशाख २१ गते । गुल्मीको वामीटक्सारदेखि वाग्लुङ्गको दगातुन्डाँडातर्फ गईरहेको पिक जिप दुर्घटनामा परेको छ ।
 |
दुर्घटनाग्रस्त जिप । |
वामीटक्सार वजारदेखि वाग्लुङ्गको दगातुन्डाँडा गाविस नक्टुवा भन्ने स्थातर्फ जाँदै गरेको लु १ च ३८११ नं.को दगातुन्डाँडा ७ दोडेवाचौरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि दुई जना सामान्य घाईते भएका छन् । घाईते हुनेहरुमा अर्घाखाँची सुवर्णखालका देववहादुर खत्री र वाग्लुङ्ग दगातुन्डाँडा २ का प्रेमवहादुर थापा रहेका छन् । वाटो अफ्ठ्यारो रहेका कारण थोरै लिग काटेर सडक पार गर्ने क्रममा कोल्टिएर दुर्घटनामा परेको थियो । जीप सडकदेखि करिव २० मिटर तल खसेको छ ।