१५ बुँदे शान्तिपुर घोषणापत्रसँगै सकियो सिवासी नेपालको सम्मेलन (फोटोहरु सहित)
Published on
12:02:00 PM //
तेजेन्द्र थापा

सँस्थाकी सह-सचिब गण्डकी थापा (अधिकारि)ले संचालन गर्नुभएको कार्यक्रममा शाखाको बार्षिक प्रतिबेदन शाखा प्रमुख सुनिता पुनले प्रस्तुत गर्नु भएको थियो । महिला लक्षित कार्यक्रमहरु त बित्तिय कारोबार गर्दै आएको सँस्था अहिले बिसौँ बर्ष पार गरेको छ र सँस्थाले बित्तिय कारोबार शुरु गरेको पनि १२ बर्ष पुगेको छ । बाग्लुङ्ग जिल्लाबाट शुरु गरिएको सो सँस्थाको कार्य क्षेत्र हाल बाग्लुङ्ग सहित गुल्मी, लम्जुङ्ग, पाल्पा, तनँहु र अर्घाखाँची गरी पश्चिम नेपालका ६ जिल्लामा बिस्तार गरेको छ ।
सँस्थामा आबद्द महिलाको संख्या करीब २५००० पुगेको छ भने कर्मचारी ८५ जना रहेका छन् । केहि नहुने महिलाहरुलाई पनि बिना धितो कर्जा दिएको सो सँस्थाले निम्न आयस्रोत भएका महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ महिला सशक्तिकरण, महिला स्वास्थ्य आदि बिषयमा पनि महिलालाई शिक्षा दिँदै आइ रहेको छ ।