अनियन्त्रित पहिरोले बस्ती जोखिममा
Published on
12:56:00 PM //
घनश्याम गौतम
गुल्मी, असार २७ । वर्षौंदेखिको पहिरो नियन्त्रण हुन नसक्दा रूपाकोट गाविसको ३ वडाका करिब २ सय परिवार जोखिममा परेका छन् । करिब डेढ दशकदेखि बगिरहेको पहिरोले ८० भन्दा बढी परिवार विस्थापित भइसकेका छन् । स्थानीय मस्र्याङ्दी पहिरोबाट वडा ७ का ७४, ६ का ७२ र ८ का ३७ घर जोखिममा छन् । तीमध्ये दलित बस्तीका १६ घरमा बस्नै नसकिने भएको पहिरो नियन्त्रण समिति सचिव लालबहादुर थापाले बताए । यस वर्ष पहिरोले बाटो बगाइदिएपछि महेन्द्ररत्न प्रावि, हीरा भवन प्रावि, शारदा माविमा अध्ययनरत करिब सय विद्यार्थी समस्यामा छन् ।
'यस वर्ष पहिरोले अझै नोक्सानी गरेको छ,' थापाले भने, 'नियन्त्रणको आश्वासन धेरैतिरबाट आए पनि सहयोग कतैबाट भएको छैन ।' पूरै डाँडो पहिरोमा बग्ने अवस्थामा रहेकाले तीनै वडाका बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । 'घर तलपट्ट िचर्केको छ, माथि ठूलो ढुंगो छ,' ६ नम्बर वडाका चुराबहादुर नेपालीेले भने, 'कतिबेला घरसँगै बगिने हो टुंगो छैन ।' बढी जोखिममा रहेका दैनिक ज्यालादारीबाट गुजारा गर्ने विपन्न परिवारका छन् ।
भूसंरक्षण, जलउत्पन्न प्रकोप नियन्त्रण, जिविस, गाविसलगायतले नियन्त्रणको पहल नगरेको पीडितको गुनासो छ । थापाका अनुसार भूसंरक्षण कार्यालयले २ पटक गरेर १ लाख १० हजार र गाविसले ५० हजार खर्च गरे पनि नियन्त्रण हुन सकेको छैन । ७ नम्बरका हरिलाल आचार्यका अनुसार पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक भएकाले जिल्लास्तरबाट सम्भव नभएको भूसंरक्षणले बताएको छ ।