आमाको अभाबमा शुन्यता
Published on
12:55:00 PM //
समय न हो वित्न आखिर कति नै लाग्दो रहेछ र ! आज –शनिवार) हाम्री ममतामयी प्राणप्रिय कारुणीक दृदयकी सागर आमाले हामीहरुलाई छोडेर यस मायाँरुपी संसारबाट विदा लिएको पनि ४५ दिन पुगीसकेछ । साँच्ची यो आमा भन्ने शब्दपनि कति प्यारो हुँदोरहेछ हगी ! यस हृदयस्पर्शी शब्दले धेरै खुसी दिएको थियो,रम्दै र रमाउँदै बाच्न सिकाएको थियो । तर आज यही शव्दले रुवाउनु रुवाएको छ,यो मन आकुल व्याकुल बनाएको छ । मुटु छिया—छिया बनाएको छ । जति कोशिस गरेपनि आज मलाई एकदमै प्यारो लाग्ने शव्द आमा भुल्नै ग्राहो भएको छ ।
धर्तिमा पहिलो पाइला टेकाउने पनि उनै हुन् ।
आफू भोकै बसेर मेरो पेट भर्ने पनि उनै हुन् ।
मेरा दुःखका पहाडहरू छेक्दै मलाई
सुखानुभूतिको आभाष गराउँदै
मेरो पुकार सुन्ने पनि उनै हुन् ।
मेरी आमा !मेरी उनै प्यारी आमा !
मेरो बाबा आमा भनेका जन्मदाता र कर्मदाता दुबै थिए । मेरा हरेक सुख दुःखमा बाबाआमाको साथ नै मेरो लागि प्यारो थियो । आफ्ना हरेक दुख,भोक,प्यास विर्सेर हाम्रै लागि चिन्तन गर्ने यस्तो शव्द रचेर सृष्टी गर्ने त्यो अपार शक्तिलाई पुनः किन हरण गर्यो भगवान ? आँखिर तिमिले त्यसरी लैजानु नै थियो एक दिन भने किन हामीलाई खुसी दियौँ ? किन दियौँ खुसी ?
सायद लाग्थ्यो जिन्दगीका हरेक मोड खुसीनै खुसीका किरणले यो रङ्गिन दनियाँमा रङ्गिदै जान्छन् अहँ ! त्यस्तो हुदौरनैछ यस संसारमा । मैले कहिल्यै सोँचेकी थिईन् मलाई जन्मदिने बाबाआमा गुमाउनुपर्दा म यति सारै पिडामा छटपटाउँछु तर नसकिने रहेछ । कहि कतै कसै—कसैले भनेको सुनेकी थिए “एउटा सन्तानका लागि आफ्ना बाबुआमाले कठोर तपस्या गर्न पनि तयार हुन्छन ”यथार्थनै त्यही रहेछ । आफ्ना सन्तानको खुसीका लागि बाबुआमा जस्तो सुकै पिडा पनि सहन सक्छन तर सन्तान त्यसको ठ्याक्कै उल्टो गरीरहेका हुन्छौँ । हो मेरो परिवार पनि त्यसरीनै खुसी थियो घरमा बुबाआमा,भाई,बुहारी अनि म । कत्ति रमाईलो थियो तर त्यो रमाईलो हाम्रो परिवारका लागि धेरै समय रहन सकेन् । म सानै थिए । आमाबुवा संगै बस्थे,उहाँहरुको काखमा बस्दा मलाई बेग्लै आनन्द थियो तर मेरो खुसी देख्न नाचाहने निष्ठुरी दैब काल बनेर आयो २०४६ सालमा । त्यतीखेर मैले सानै उमेरमा जन्मदिने बाबा गुमाए । मेरा हरेक क्षणमा साथ दिने बाबाको अभाबमा म धेरै समय रोएँ,कराएँ,तडपिए तर बाबा आउने गरी जानुभएकै थिएन । बाबा गुमाए पनि म एक्लो थिईन, मेरो साथमा आफुलाई भन्दा बढी मायाँ मलाई गर्ने त मेरो आमा हुदैहुनुहून्थ्यो नि । भनिन्छ ‘बाउ गुमाएर टुहुरा हुदैनन् छोराछोरी तर आमा गुमाउँदा चाँही हुन्छन ’मेरो जिवनमा पनि त्यही कुरा लागु भएको थियो तर अवत त्यो पनि बाँकी रहेन ।
SAM_1680
कुरा २०७०………….को हो । आमा घर ( वामी ) मै हनुहुन्थ्यो एउटा घरको बलियो खम्बा जुन खम्बाले घरको त्यती ठुलो सम्पत्तीलाई अड्याएको हुन्छ तर त्यो सबैको भरोसाको केन्द्र खम्बा नै ढलीदियो भने घरको अवस्था कस्तो हुन्छ होला । म कल्पना पनि गर्न सक्दिन । त्यसरी नै मेरी आमा सबैको अभिभाबक हनुहुन्थ्यो उहाँको उपस्थितीमा हरेक दिन हरेक क्षण रमाईला थिए तर आज ति सब बिलाएर गए । हाम्रो परिवारमा एउटा सन्नाटा छाएको छ यतिबेला । शुन्यताको भुमरीमा पारेर आमाले यस धर्तिबाट विदा लिईसक्नुभएको छ । मेरा भाई,बुहारी र कान्छी बहिनी ज्वाई अस्ट्रेलियामा बस्थे । आमा पनि उनिहरु संगै बस्ने गरी अस्ट्रेलिया जाने विचार गर्नुभयो । हामीले पनि हाम्रो खुसीमात्रै सवथोक हैन आमाको खुसीमा पनि हामी रमाउन सक्नुपर्छ भनेर आमालाई अस्ट्रेलिया पठाउने निर्णयमा पुग्यौँ । आमाको खुसीका लागि ठुला—ठुला सपना बोकेर आमालाई गुल्मीदेखी काठमान्डु पु¥यायौँ । भिनाजु र म आमालाई छोड्न भनेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुग्योैँ । मेरो मन पहिले देखीनै गह्रौ भईरहेको थियो । आमालाई विदाई गर्ने समय पनि आईपुग्यो । साँच्चीकै म निराश थिए । पहिलो पटक आमालाई यसरी विदाई गर्दै थिए । आमा जव जानको लागि प्लेनमा चढ्नभयो त्यसपछि उहाँका आँखामा आँशु देखिन थाले । हामीले आमाले विदाईका हातहरु हल्लाउनुहुन्छी भनेर हेरीरह्यौँ तर उहाँले आँशुले विदाई गर्नुभयो । आमा अस्ट्रेलिया पुगेपछि विरामी पर्न थाल्नुभयो । उपचारका लागि भाईले अस्पत्ताल पु¥याउँदा डाक्टरले ब्रेनट्युमर भनिदियो । अस्ट्रेलियामा त्यसको उपचार महङ्गो हुने भएका कारण भाईले आमालाई नेपालमै ल्याएर उपचार गर्ने निर्णय ग¥र्यो । जव आमालाई नेपाल ल्याउँदैछन भन्ने खवर सुने त्यस बेलादेखीनै मेरा मनमा अनेक कुराहरु खेल्न थालेका थिए । विषेश गरेर मैले भगवन प्रति आस्था र विश्वास राख्ने भएकोले भगवानलाई साँक्षी राखेर आमाको नाममा बलिन्धारा आँश खसाल्दै शिघ्रस्वास्थ्यलाभको कामना गरेकी थिए । त्यस लगत्तै म काठमान्डु हिडे । त्यहाँ पुग्दा म हतार—हतार आमाकै उपचार भएको ठाउँ अन्नपुर्ण न्युरो हस्पीटल माईतीघर तर्फ लागे । त्यहाँ भाई र भिनाजुलाई देखे उहाँहरु संग कुनै पनि कुरा नगरी आमाको उपचार भईरहेको आईस्यु कक्षमा पुगे । त्यहाँ पुग्दा आमो स्वास्थ अवस्था मैले सोँचेभन्दा धेरै फरक पाएँ । म खुसीले गद्गद् मात्रै भईन आमाको त्यसको ठ्याक्कै दुईदिनपछि ब्रेन ठ्युमरको अप्रेशन हुने समय तोकिएको थियो त्यसको पनि भगवान संगै प्रार्थना गरीरहे । दुई दिनको पर्खाईपछि आमाको ब्रेनट्युमरको अप्रेशन सफल भयो । म भगवानसंग यति खुसी भएकी त्यसको बर्णन अहिले गर्न सक्दिन । भगवान छन र त मेरो आग्रहलाई निरन्तर सुनेका छन जस्तो लाग्यो । आमालाई त्यसपछि आईस्यु कक्षबाट खतरामुक्त अवस्थामा क्याविनकोठमा ल्याएपछि ढुक्क हुदैँ उनै भगवानलाई भरोसा मानेर म भाई कुलुर र भिनाजुको सल्लाहमा गुल्मी फर्के । गुल्मी फर्के पनि सधै फोनमा कुरा हुन्थ्यो । आमा संग रमाईला—रमाईला कुराकानी गर्दागर्दै एकहप्ता वित्यो । आमाको अस्पत्तालबाट डिस्चार्ज हुनु अगाबै कुरा गर्दै म पर्सी आउछु है आमा राम्रो संग बस्नुहोला भन्दै फोन राखे । तर त्यो फोनमा गरेको कुराकानी नै मेरो आमा संगको अन्तिम कुराकानी बन्यो । मैले आमालाई बचाउनका लागि भगवानसंग गरेका सबै पुकार माटो संगै मिसिए । मेरी आमालाई त्यस दिन नत भगवानले नै बचाउन सके नत भगवानकै रुप लिएका डाक्टरले नै । हामी कसैले आमालाई बचाउन सकेनौ । रोक्न सकेनौ । किनकी सबैभन्दा बलियो शक्ती त निष्ठुरी दैब नै थियो । उसले हामी सबैको काखबाट आमालाई खोसेर लग्यो । यो संसारको रित नै यस्तै । चाहेर पनि कोही कसैले मृत्युको मुख बाट बचाउन नसकिने । आमा भन्ने शव्दले मलाई फेरी विक्षिप्त बनायो । तर पनि दागबत्ती दिनै पर्दोरहेछ । हामी सबैका अगाडी सबैको प्राणभन्दा पनि प्यारी आमाको शरिरमा आगो दन्केको देख्नुपर्देारहेछ । आमाको शरिरलाई चितामा जलाई खरानी बनाउनुपर्ने बाध्यता पनि स्वीकार गर्नुपर्दोरहेछ । अब आमाको अन्तिम दाहसंस्कार र या गर्ने बेलामा पनि यो समाजका केही परम्परा र रितिरिवाजसंग लडाईगर्नुपर्ने बाध्यता । हामीले एउटा यस्तो संस्कृतीको हामीले संरक्षण गरीरहेका छौँ,यस्तो परम्परालाई मलजल गरीरहेका छौँ त्यसलाई तोड्नको लागि आमा संग विछोडिनुदाको पिडालाई विर्सनुपर्ने अवस्था । आज संसारमा सबैभन्दा सरल र राम्रो साझेदारी हिन्दु धर्म दिन प्रतिदिन लोप हुदैछ । जसले कहि,कतै,कसलाई पनि (ठुलो— सानो,महिला—पुरुष,दलित,गैरदलित ) भनेर विभेद गरेको पाईदैन । तर हिजोका केही सामन्ती,शोशक र बर्जुकहरुले आफ्नो नितान्त व्यक्तीगत स्वार्थसिद्धीका लागि धर्म र पापको नाममा केही विकृतीहरुलाई जन्माएका थिए । आज तिनै विकृतीहरुलाई हुर्काउने कार्यले गर्दा हाम्रा वास्तविक संस्कृतीहरु लोपहुने अवस्थामा छन ।
विषेश गरेर मैले आज सम्म म छोरी भएर जन्मनुको कुनै पश्चाताप गरेकी थिईन तर यस नार्मदी र नालायक समाजले निम्त्याएका केही परम्पराले आमा गुमाएको पिडा माथी झन नुन थप्ने काम ग¥र्यो । आमालाई गुमाए संगै आँफु छोरी भएर जन्मनु नै सबैभन्दा ठुलो गल्ती भएको मलाई पिडाबोध भयो । त्यसको कारण थियो यहि समाजमा हुर्केका केही व्यक्तीहरुले छोरीले क्रिया गर्नु हुदैन,छोरीले क्रिया ग¥र्यो भने आमालाई भारा लाग्छ जस्ता अनैतिक कुराहरुले हामी छोरीहरुलाई कातार बनाउन मद्धत पु¥याएको छ । आजको यो एक्काइसौँ शताव्दीमा आईपुग्दा पनि हामी र हाम्रा्रे सामाजिक सोँचमा कुनै परिर्वतन आउन नसक्नु विडम्वना हो । हामी व्यवाहारीक नहुदाँको बेफाईदा प्रत्यक्ष भोगीरहेका छौँ । करा एउटा र काम अर्को गरिरहेका छौँ त्यसैले त हामीलाई असफलताको बाटो तर्फ धकेलिरहेका छौँ ।
यो समाजको संरचना पनि हामी जस्तै मानिसहरु मिलेर बनाएका थिए । आज हामी सबै मिलेर विभेदरहित समाजको निर्माण गर्नसक्नुपर्दछ । यी कुराहरुलाई मध्यनजर राख्दै संसार परिर्बतन गर्न स्वंम आँफुबाटै शुरु गर्न सक्नुपर्दछ भन्ने मान्यता बोकेर एउटा समग्र महिलाहरुको नेतृत्व गर्दे महिला अधिकारको क्षेत्रमा काम गरीरहेकी छु । मेरी आमाको निधनमा मैले पितृसत्तात्मक सोँचले ग्रसित मानसिकता भएका मानिसहरु संग लड्दै,भिड्दै भएतापनि आमाको अन्तिम संस्कारका लागि दागबत्ती दिएर कपालमुण्डन गरी भाईसंगै १३ दिननै किरीयामा बसे । आज ४५ दिनसम्म एकाग्र भएर आमाकै लागि समर्पित भएँ । यसरी एउटै प्रक्रिया पुरा गरी छोरा बरावर छोरी किरीयामा बस्नु हाम्रो समाजका लागि चुनौतीपुर्ण कुरा हो । अझ म जस्तो जिल्ला देखी केन्द्रसम्म राजनैतिक नेतृत्वतह सम्म पुगेकी महिलालाई त आमाको किरीया गर्न पाउनुपर्छ भनेर यति चुनौतीको सासाना गर्नुप¥र्यो । एउटा ग्रामिण क्षेत्रमा बसेर काम गरीरहेकी सामान्य महिलाको लागि यो चट्टानसंग पैठेजोरी खुल्नुजस्तै हो भन्ने महसुस मैले गरेकी छु ।
अन्त्यमा मेरी आमाको स्वर्गरोहण भएको आज पैचालिस दिनको यस पुण्यतिथिमा म के भन्न चाहन्छु भने एउटा आमाले सन्तान जन्माउनका लागि छोरा र छोरीमा कुनै विभेद गरेको हुदैन । छोरा होस वा छोरी उसले दुबै सन्तानलाई नौ महिना सम्म नै गर्भमा राखेर एउटै पिडामा छटपटाई जन्माएको हुन्छ । छोरा जन्माउँदा धेरै पिडा हुने र छोरी जन्माउँदा कम पिडा हुने त पक्कै हुदैनहोला ! त्यसैले बाबुआमाले सन्तानप्रति जसरी एउटै मायाँ,ममता र स्नेह दिएर हुर्काएका हुन्छन त्यसरी नै सन्तानले पनि बाबुआमा प्रति निर्वाह गर्ने भुमिका र कर्तव्य एउटै हुन्छ,हुनुपर्दछ । भोलीका दिनमा कुनै पनि छोरीले आफ्ना बाबुआमाको निधनमा किरीया बस्न पाउनुपर्छ भनेर रोइ,कराई गर्नुपर्ने अवस्था सिर्जना नहोस,एउटा छोरीपनि छोरा सरह हो उसले पनि आफ्ना बाबुआमा प्रति कर्तव्य निर्वाह गर्नुृ पाउनुर्दछ ।