Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रजस्वला हुँदा २२ दिन कुनो कुर्न पर्दैन, परिर्वतनशिल बन्दै छ समाज

Published on 10:08:00 AM //

संगिता कुवँर
साउन ३१, गुल्मी । म पहिलो पटक रजस्वला हुँदा २२ दिनसम्म कुनो कुरेँ, चिसो कोठा, न त पेट भरी खान पाएँ न त बाहिर घुमफिर गर्न, अझ त्यहि बेलामा आमा मावल जानुभएको, त्यसै समयमा बिरामी परेँ, घरमा दाई र बाबा मात्र हुनुहुन्थ्यो । दाईले र बाबाले देख्न हुदैन भनेर आमा मावली घरबाट नआउञ्जेल ४ दिन भोकै बसेँ, कहिले रुन्थँे, चिसो गोठमा कहिले सुत्थेँ यसरी नै विताएँ २२ दिन । मैले जुन दुःख भोगँ अब त्यो दुःख मेरा छोरीहरुलाई भोग्न दिन्न । गुल्मी तम्घासकी सिर्जना रायमाझी आफु रजस्वला हुँदा पाएको दुख बताउँदै, उहाँले छोरी रजस्वला हुँदा न त कुनो कुर्न लगाउनुभयो न त पानी बार्न, १४ बर्षको उमेरमा रजस्वला बनेकी उहाँकी छोरी निरु अहिले पनि रजस्वला भईन भने आराम गर्छिन । बरु उनका बाबुले पनि उनलाई फलफुल, हरियो सागपात लगायतका पौष्टिक खानेकुरा बजारबाट ल्याईदिनुहुन्छ ।
सिर्जनाको परिवारमा चार छोरी छन् । ति चार जना मध्ये कसैले पनि रजस्वला हुदाँ कुनो कुर्नु परेन, बरु उनीहरु आफना साथीका बाबा आमालाई कुनो कुर्ने अन्धविश्वासले पार्ने असरको बारेमा जानकारी दिने गर्छन् । पछिल्लो समयमा सिर्जनाको परिवारमा मात्र होइन बिस्तारै सदरमुकाम तम्घासमा अधिकाशं युवती रजस्वला भएको समयमा लुक्नुपर्ने, सुर्य र आफनो परिवारको मुख देख्न हुदैन भन्ने कुरालाई मान्ने पक्षमा छैनन् । तम्घासमा डेरा गरी बस्ने गुल्मी पौँदीअमराईकी शर्मिला केसीलाई पनि सुरुमा परिवारलाई रजस्वलाबारे पुरानो धारणाले पार्ने असरको बारेमा आफनो परिवारलाई बुझाउन निकै कठिन भयो तर अहिले उहाँको परिवारमा पनि त्यस्तो समस्या छैन ।
शर्मिलाको आमा रजस्वला भएको बेलामा पनि चुलोको काम गर्नुहुन्छ । बरु कहिलेकाँही स्वास्थ्य कमजोर भयो भने उहाँलाई हजुरआमा, बुबाले पनि धेरै सहयोग गर्नुहुन्छ । शर्मिलाले पनि भन्नुहुन्छ “यति सानो कुरामा पनि हामी अझै संकोच मान्दै अल्झिदै गयौँ भने कसरी हामी अधिकार सुनिश्चित गर्न सक्छौँ, त्यसैले आफनो परिवारलाई बुझाउन सक्नुपर्छ ।” यस्तै रेसुङ्गा माध्यामिक बिद्यालयकी शिक्षिका धना भण्डारी बिद्यालयमा रजस्वला हुँदा बिद्यालयमा अनुपस्थित हुने छात्रा पनि अहिले पछिल्लो समयमा उपस्थित हुँदा खुशी लागेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ “पहिले त छात्राहरु बिरामी भए भन्ने निहँु बनाएर घरमा जान्थे तर अहिले त धेरै परिवर्तन भइसक्यो, आफना साथीलाई पनि प्याड किन्न जान साथै सहयोग गर्न आग्रह गर्छन् ।” रजस्वला हुँदा पनि बार्नु नपर्ने रे भन्ने कुरा सुन्दा अचम्म लाग्थ्यो तर त्यसले पार्ने प्रभावले छात्राहरु पनि छात्रले जस्तै बिद्यालयमा हरेक समयमा पढन आउने वातावरणसंगै हरेक कुरालाई निर्धक्क ब्यक्त गर्ने गरेको देख्दा खुशी लागेकेा बताउनुहुन्छ ।
महिला अधिकारकर्मी बिष्णु सापकोटा पनि अब हामीले साच्चीकै पुरुष सरहको समान अधिकार खोज्ने हो भने महिलालाई कम महत्व दिने गरेका कारण पुराना महिलालाई नै पछाडी पार्ने तरिकाले बनाएका परिवर्तनशील यस्ता संरचनालाई पनि बिस्तारै हटाउदै जानुपर्ने बताउनुहुन्छ । साथै उहाँले एउटा समान्य कुराबाट ठुलो हिसांत्मक घटना उव्जिन्छ भने त्यसलाई सस्कृति र परम्पराको रुपमा मान्यता दिनु उपयुक्त नहुने बताउनुहुन्छ । यसरी हामीले हिजोलाई सम्झिँदा पुरुषको मृत्यु हुँदा पनि सति जाने प्रथा अहो त्यो त हुनै सक्तैन भने जस्तै भावी पुस्तालाई पनि रजस्वला हुँदा बार्ने चलन थियो र अविश्वासका प्रश्न त्यति बेला त्यो पुस्तालाई पनि हुनेछ ।
हामी महिलाहरु सदियौँदेखि आर्थिक, सामाजिक र सास्कृतिक कुराबाट पनि पछाडी परिरहेका त छौँ नै अझ कम महत्व दिने महिला भनेको महिला नै हो । महिलाले केही गर्न सक्दैनन भन्ने प्रसङ्गहरु उठिरहन्छन् । यस्ता कुराबाट हामी महिलालाई किन पछाडी धकेलिन्छ । हामी पुरुष जस्तै बोल्न सकिन्छ, खान सकिन्छ ।
काम गर्न सकिन्छ लगायत पुरुषले गर्न सक्ने हरेक क्रियाकलाप हामी पनि गर्न सकिन्छ तर हामी महिला भएकै कारण अब किन हेपिनुपर्ने । समाजद्धारा सिर्जित यस्ता केही सामाजिक र साँस्कृतिक कुराले महिलालाई दोस्रो दर्जामा राखेपनि अब गुल्मीमा पनि रजस्वला हुदा २२ दिन चिसो कुनामा बस्नु नपर्नेबाट सकरात्मक कुराको सुरुवाती भएको छ । यस्ता समाजबाट महिलालाई पछाडी पार्ने कुरालाई बिस्तारै परिवर्तन गर्न सके अब हामी महिला पुरुष भन्दा पनि हामी नागरिक भनेर चिनिन सक्थ्यौ कि ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग