पहिला कालोमोसो र जुत्ताको माला, अहिले अबिर र फुलमाला
Published on
3:55:00 AM //
प्रेम सुनार
मोरङको बेलवारी ३ मा डेढ महिना अघि गैर दलितको चरम यातना पाएर गाउँबाट विस्थापित बनेकी ३० बर्षिय मायाँ सार्कीलाई विहिबार गाउँमै लगेर पूनस्थापना गरिएको छ ।
विस्थापित रहेकी मायाँलाई जिल्ला प्रशासन कार्यालयको अगुवाईमा पून स्थापना गरिएको हो । जिल्ला प्रशासनको अगुवाईमा राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय दलित आयोग, मानव अधिकार संग सम्वन्धीत विभिन्न संघ संस्था, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी समेतको रहोवरमा मायाँलाई पूनस्थापना गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जानकारी दिए । गाउँमा पूनस्थापनाका लागि विराटनगरबाट मायाँलाई साथमै लिएर गएको टोलि विहिबार विहान ८ बजे बेलवारी ३ करमडाँडा पुगेको थियो । मायाँलाई दुरव्यवहार गरिएकै स्थानमा स्वागत र सम्मान कार्यक्रमको आयोजना गरेर पूनस्थापना हुने बाताबरणको सिर्जना गरिएको हो । आँफु माथी जवरजस्तीको प्रयास भएको भन्दै प्रहरीमा उजुरी गर्न गएकी मोरङको बेलवारी ३ की ३० बर्षिय मायाँ सार्की र उनलाई प्रहरीकोमा जान सहयोग गर्ने दलित अगुवा एवं पत्रकार मनोज विश्वकर्मा माथी स्थानीय गाउँलेहरुले गत साउन ७ गते कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर कुटपिट गर्दै चरम यातना दिएका थिए । यातना पछि मायाँ विस्थापित बनेकी थिईन ।
साउन १० गते देखि विस्थापित बनेकी मायाँ विराटनगर स्थित आरेक नेपालको संरक्षणमा छिन् । उनलाई झन्डै डेढ महिना पछि मात्र पूनस्थापना गराउन स्थानीय प्रशासन सफल भएको हो । घटना भएको लामोसमय सम्मपनि गाउँमा जान सक्ने अवस्था नभएको भन्दै उनी विराटनगरमा बस्दै आएकी थिईन । मायाँलाई ४८ हजार रुपैयाँ आपत कालिन सहयोग सहित पूनस्थापना गरिएको निमित्त प्रजिअ लुईटेलले बताए । मायाँका लागि महिला बालबालिका कार्यालयले पाँच हजार, ओरेक नेपालले २० हजार, इन्सेकले पाँच हजार, रिडेफ नेपालले पाँच हजार, कोकनले चार हजार, एविसीले दुई हजार, महिला मानवअधिकार रक्षक संजालले एक हजार, नारी विकासले दुई हजार रुपैयाँ सहयोग गरेका थिए ।
एउटा महिला गाउँबाट विस्थापित भएकोपनि लामो समय भईसक्यो, चाडपर्व नजिकिंदै गएका छन्, छोरा छोरी अर्काको भरमा थिए निमित्त प्रजिअ लुईटेलले भने त्यही भएर उनलाई ससम्मान पूनस्थापनाको प्रक्रिया अघि बढाएर काम गरेका हो । आगामी दिनमा उनी माथी पून अर्को कुनैपनि घटना नहुनेमा प्रशासन विश्वस्त रहेको लुईटेलले बताए । घटना पछि उत्पन्न विभिन्न समस्याका कारणले गर्दा विस्थापित जीवन विताउन बाध्य मायाँलाई लामो समयपछि मात्र पूनस्थापना गराउन सकिएको उनले स्विकार गरे । उनले भनेसमाजिक सद्भाव कायम राख्दै समाजमा हुने खालका हिंसाको अन्त्य गर्न सवैलाई आग्रह गरिएको छ । गाउँमा यो पूर्नमिलन हो, हिजोसमाजमा जस्तो अवस्थामा मेलमिलाप भएको थियो आजपनि त्यो हुनु पर्छ र राम्रो बाताबरणको सिर्जना गर्दै मायाँलाई यही समाजमा बस्न पाउने बाताबरणको सिर्जना गर्ने काम यहाँका अगुवा, राजनैतिक दल र यही समाजको हो निमित्त प्रजिअ लुईटेलले भने कसैलेपनि रिसराग राखेर काम गरेमा र जातिय विभेद हुने खालका कृयाकलाप दोहो¥याएमा त्यो दण्डनिय हुनेछ ।
मायाँ माथी दुरव्यवहारको अगुवाई गर्ने भेट्वाल परिवारले सन्तुलित व्यवहार गर्नु पर्छ उनले भने बैमनस्यता देखाए पूर्नमिलन व्यवहारमा पुष्टि हुन सक्दैन । निमित्त प्रजिअ लुईटेल लगायत कार्यक्रममा उपस्थित भएकाहरुले मायाँ र मनोज माथी दुरव्यवहार भएकै ठाउँ बेलवारी ३ करमडाँडा स्थित अन्नपूर्ण एकेडेमी स्कुल परिषरमा अविर र फुलका गुच्छा दिएर मायाँलाई पूनस्थापनाको घोषणा गरेका थिए । कार्यक्रममा उपस्थित दलित अधिकारकर्मी उमेश विश्वकर्माले जुन ठाउँमा मायाँ र मनोज माथी अमानविय व्यवहार प्रस्तुत गरियो त्यही ठाउँमा सामाजिक सम्मानका साथ पूनस्थापनापनि गरियो । उनले भने मायाँलाई न्याय हुने गरि र स्वयं पीडितलाई न्यायको अनुभूति हुने गरि प्रशासनले पूनस्थापनाको घोषणा गर्नु प्रसंसनिय छ ।
पछिल्लो समयमा पीडित महिलालेनै गाउँमा जाने इच्छा व्यक्त गरेपछि पूनस्थापना गर्न सवैले सहयोग गरेको विश्वकर्माले बताए । कार्यक्रममा उपस्थित दलित आयोगकी सदस्य अनिता परियारले यो पूनस्थापनालाई मेलमिलाप भनेर कसैलेपनि बुझन नहुने बताईन । हेपाहा तथा विभेदपूर्ण शान्ति र सद्भावको पक्षमा हामी छैनौं उनले भनिन् दोषीहरु कारवाहीको दायरामा आउनु पर्छ र पीडितहरुले पूर्ण रुपमा न्याय पाउनु पर्छ । मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले मायाँ लगायत बेलवारी घटनाका पीडितहरुलाई सुरक्षाको प्रत्याभूति गराउनका लागि मातहतका निकायलाई निर्देशन दिइसकिएको बताए । पूनस्थापना भएपछि मायाँ माथी उत्पन्न हुने असहजतालाई सहजतामा परिणत गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीले सवै प्रक्रिया अवलम्वन गर्ने एसपी पोखरेलले जानकारी दिए ।
कार्यक्रममा स्थानीय शिक्षक लिला आचार्यले घटना सामान्य रहेका तर समाजले मिलाउन नसक्दा समस्या भएको दावी गरे । उनले मायाँलाई गाउँमा भोलीका दिनमापनि बस्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए । आचार्य माथी यस अघि पीडकहरुलाई सहयोग गर्दै आएको आरोप लागेको थियो । आचार्यले भने म माथी धेरै आरोप थोपरिए तर आज सम्म पीडितका लागि काम गर्दै आएको छु । सवै राजनैतिक दलको प्रतिनिधीत्व गर्दै एमाले पूर्व जिल्ला उपाध्यक्ष डिपी राईले समाजमा यस्ता खालका घटना हुन नदिन राजनैतिक दलहरु सचेत रहने बताए । मायाँ माथी हुने सामाजिक व्यवहारमा अवका दिनमा कुनैपनि परिवर्तन हुन नदिने उनले प्रतिवद्धता जनाए । दलित भएकै कारण मायाँ माथी भएको यत्रो अमानविय घटनाले सवैको मन कुँड्याएको उनले बताए । कसैलाई ठूलो र कसैलाई सानो जात देख्ने र जातकै कारणले हुने विभेद चिन्तनको परिणाम र अराजकताको परकाष्टा हो राईले भने ।
कार्यक्रममा पीडकहरु कोहीपनि उपस्थित थिएनन् । घटनमा बढि महिलाहरुको संलग्नता रहेको पाइएको दलित अधिकारकर्मी उमेश विश्वकर्माले बताए । कार्यक्रममा सवैलाई खवर गर्ने जिम्मा जिल्ला प्रशासनले इलाका प्रहरी कार्यालय बेलवारीलाई दिएको थियो । बेलवारीका प्रहरी निरीक्षक नवराज कार्कीले कार्यक्रममा उपस्थित हुनका लागि सवैलाई आमन्त्रण गरिएपनि पीडकहरु कोहीपनि उपस्थित नभएको जानकारी दिए । अन्तरपार्टी महिला सञ्जाल बेलवारीकी उपाध्यक्ष रामपरी साहाले कार्यक्रममा उपस्थित हुन खोज्नेहरुलाई पनि पीडकहरुले जान नदिएको बताईन । कार्यक्रममा सहभागि हुनका लागि बेलवारी बजारबाट मात्र दुई सय बढि महिलाहरु आउने तयारी गरेका थिए उनले भनिन् तर पीडकहरुले कार्यक्रममा जानबाट रोकेका थिए । पीडकहरु आर्थिक रुपमा सवल र पहुँचवाला भएका कारणलेपनि यो अवस्था आएको साहाले बताईन ।
ताला खोलेर घर छिर्दा भक्कानो परिन् मायाँ गैर दलितको चरम यातनापछि विस्थापित बनेकी मायाँ सार्कीलाई पूनस्थापना गराउन लिएर जाँदा विहिबार मोरङको बेलवारी ३ करमडाँडामा नयाँ बाताबरणको सिर्जना भई सकेको थियो । सो समयमा घटना गराउन उक्साउनेहरुपनि मायाँ माथी दिएको यातना पासविक रहेको प्रतिकृया दिएरहेका थिए । मायाँलाई घरदेखि नजिकै अर्थात सय मिटर पूर्व लगेर कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइएको थियो । उनका दुई जना नावालक छोरा छोरी छन् । छोरा समिर ८ बर्ष र छोरी सन्ध्या १२ बर्षका छन् । पति योगेश सार्की बैदेशिक रोजगारीका लागि कतार गएका छन् । पूनस्थापना गराउनका लागि लिएर गएका केही पदाधिकारीहरुले मायाँलाई सुरुमा आफ्ना छोरा छोरी संग भेट गराए । लामो समय अर्थात झन्डै डेढ महिना अघि देखि आमालाई देख्न नपाएका नावालक छोराछोरी निस्ताएका थिए । आमालाई देख्नसाथ उनीहरुले हर्षका आँसु झारे । आमाबाट कहिल्यैपनि अलग नवनाइएका बालबालिकाहरु लामो समय देखि आमा खोई भनेर भन्ने गर्थे ठूलीआमा मैयादेवि मिजारले भनिन् । ती बालबालिकालाई ठूलीआमा आर्थत मायाँकी दिदी मैयाले लालनपालन गर्दै आएकी थिईन । मैयाले भनिन्, आमालाई देख्नासाथ छोराछोरीहरु अँगालो हाल्न पुगे ।
टाटिले बारेको दुईवटा कोठा भएको एउटा सानो झुपडीबाट दैनिक गुजरा चलाउँदै आएकी मायाँ घरमा छिर्न साथ भक्कानो छाडेर रुन थालिन् । आफ्ना घर व्यवहार, लामो समय देखि छोरा छोरी र आफन्त संग अलग हुनु परेको पीडा, आँफु माथी छर छिमेकीले गरेको अमानविय व्यवहार सम्झेर उनका आँखा धेरै बेर रसाए । त्यहाँ उपस्थित भएकाहरुले मायाँलाई सम्झाउने प्रयास गरे । उनीहरु भन्दै थिए विगतका दिनमा जे जसो भएपनि अवका दिनमा हामीपनि साथमा छौं डराउनु र पीर मान्नु पर्दैन ।
टाटीले बारेर बनाइएको सानो झुपडी, घाम, पानी, हुरी बतास भित्रनै छिर्ने घरमा दुखसुख गुजरा चलाउँदै आएकी मायाँलाई गाउँलेहरुले अमानविय व्यवहार गरेपछि लामो समय देखि घरनै छाडेर उनी विस्थापित भईन । पूनस्थापना गराउनका लागि लिएर गाउँमा गएकाहरु संगै घरमा पुगेकी मायाँलाई घरमा लगाएको ताला खोल्ननै कम्तीमा पाँच मिनेट लाग्यो । साउन ७ गते देखि घरमा लगाएको ताला खियाले पुरिएको थियो । ४५ दिनपछि घर खोलेर आफ्नो घरमा बस्न पाईन उनले । चावी खोलेर घर भित्र पसेकी उनी भावविह्वल हुँदै भक्कानिएर रुन थालिन् । सानो घरमा यतिका दिन परेका पानीले घर भित्र पसेर मक्काई सकेका काठपात, मुसाले मच्चाएको उपद्रो, अव्यवस्थित रुपमा जताततै छरिएर रहेका सामानहरु, बसाई सरेर हिंडेपछि छाडिए जस्तो बनेको घरको रुप, घर वरपर झारजंगलले घेरिएको अवस्था देख्दा उनले आफ्नो मनलाई सम्हान सकिनन् दिदी मैयाँदेविले भनिन् ।
मैयाँदेविले भनिन्, बहिनीको घरको आर्थिक अवस्था एकदम नै नाजुक छ, दिनदिनै बनिबुतो नगरेमा विहान बेलुका हात मुख जोड्नपनि पाउने अवस्था छैन । त्यही आर्थिक संकटका कारण ऋण काडेर ज्वाई विदेश जानु भएको थियो उनले भनिन् घरमा छोरा छोरी पढाएर बनिबुतो गर्दै बसेकी निरीह महिला माथी पासविक यातना दिने काम भएपछि हामी डराएका छौं । दिनदिनै चाडपर्व नजिकिंदै छ, अरुका घरमा रमाईलो हुँदा आफ्नो घरको अवस्था देखेर मायाँलाई भक्कानो छुट्नु स्वभाविक हो दिदी मैयाँदेविले भनिन् ।
घरभित्र पसेपछि मायाँले आँफु समस्यामा पर्दा सहयोग गर्ने सवै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई धन्यवाद दिईन । उनले भनिन्, चाडपर्व नजिकिंदै छ घरको अवस्था कमजोर छ, कसरी चाडपर्व टार्ने भन्ने समस्या थपिएको छ । चाडपर्वमा अरुका छोरा छोरीले जस्तै आफ्ना छोरा छोरीले पनि लाउन खान माग्ने बताउँदै उनले त्यो दिनसक्ने आर्थिक क्षमता नभएको जानकारी गराईन । यहाँ भन्दा अघि उनी बेलवारीको रिजेश होटेलमा काम गर्दै आएकी थिईन । उनले भनिन् अव होटेलले पनि काम दिने या नदिने हो टुँगो छैन ।
(सुनार जागरण मिडिया सेन्टर र समता फाउण्डेशनको गुल्मी जिल्ला प्रतिनिधी हुन् ।)