के छ खबर दशैंमा घर आउने हो कि होइन ?
Published on
2:26:00 AM //
गोकर्ण प्रकाश
ज्ञवा क्षेत्र गुल्मी । पहिले र अहिले गाउँ पनि बदलिएको छ । गाउँका ढिँकी र जाँतोहरु लोप हुने अवस्थामा छन् । बुढी आमाहरु चुलोमा दाउरा जोर्न सकस मान्छन किनकि छोराले भान्साको चुलो गोडेर टेबुल गाडेको छ । टेबुल माथि ग्याँस चुलो, ग्याँस लाइटर जोर्यो, धुँवा नउडी पुवा पाक्छ । चिया त कुरै नगरौं, बाले अतिथिलाइ काम्लोमा बसाउन नपाउँदै आमाले चिया टक्र्याईहाल्नु हुन्छ ।
बिडम्बना गाउँमा पहिले जस्तो लुठे पिंग र चर्खे पिंग लोप भैसके । पहिले जस्तो आजभोलीका दशैं तिहारमा हाम्रा आमाहरुले पत्री (टपरी) भरि रोटि भरेर दशैंको प्रसाद दिने परम्परा पनि लोप हुँदै गएको छ । रोटिको बदलामा मिठाई, नरिवल आदि दिने परम्परा धेरै गाउँहरुमा बसिसकेको छ । धुँवामा बसेर रोटि बनाउन झन्झट पनि नहुने र मिठाई, नरिवलले स्वागत गर्दा सजिलो पनि हुने गुल्मी बलेटक्सार–१ निवासी एक महिला भन्नुहुन्छ हामीले नँया परम्परा बसालेका छौं । पहिले जस्तो झन्झट नव्यहोर्ने कुरामा गाँउलेबीच सहमति गरेका छौं । प्रसादको रुपमा रोटि टक्र्याउन धेरै बिधि पुरा गर्नुपर्ने हुन्थ्यो । पत्री बनाउन जंगलका झाडीहरुमा सालको पात खोज्न जाने झन्झट हुने, पिठो पिध्न ढिकी जातो खोज्दै हिड्नु पर्ने, निकै मिहिनेत गरेर तयार भएको प्रसादको रुपका रोटीको स्वागत बिशेस र महत्वपूर्ण हुने भएपनि समय अनुसार मानिसहरु बद्लिदा अहिले ति कुरा केवल चर्चामा सिमित हुन् पुगे ।
प्रदेशमा रहेका छोराछोरीलाई गाँउबाट मोबाइलमा फेसबुक, स्काईप र भाइबर जोडेर बा–आमाले सोध्छन, के छ नानि बाबु खबर विदेशको दशैंमा घर आउने हो की होइन ? साँझ पनि कुरा हुन्छ, बिहान पनि कुरा हुन्छ, बा–आमा हाम्रो पिर नगर्नु, यो साल त्यस्तै भयो मिले अर्को साल नमिले झन अर्को साल त आइ हालिन्छ नि । इन्टरनेटले संसारलाई एउटा साँघुरो कोठाभित्र कैद गरेको छ । यात्रा मार्फत पुग्न थोरै समय लाग्ने ठाउँमा भएको मान्छेसंग हातको एउटा औलाको सहारामा पलमै जोकोहि भेटिने । दैनिक भेटले गर्दा टाढाको मान्छेको न्यास्रो कम लाग्ने हुँदा चाड पर्वमा छोरो छोरी आउन नसके स्काइपबाट कुरा गर्दै हेराहेर गरेर आफूले दशैं टिका थाप्ने योजनामा कैंयौ गाउले आमाबुवा छन् ।
जेहोस गाउँ शहरमा बनावटी उल्लासमा यसपालीका दशैं तिहार कसैलाई दशा बन्ला कसैलाई आधुनिक मस्ती, तडकभडकले गुज्रने छ अवश्य अहिले चाडपर्व पनि ।

0 प्रतिकृयाहरु