मदाने संरक्षित वनको परिचय, महत्व तथा जनताले पाएको उपलव्धी
Published on
5:56:00 PM //
पि.एम.मगर
गुल्मी । प्राचिन किम्बदन्ती अनुसार सर्वप्रथम मदन भन्ने व्याक्ति मदाने क्षेत्रमा बसोबास गरेको र उनको मृत्युपछि यस क्षेत्रको नाम मदाने रहन गएको हो । पहिला कतैबाट पनि वास्ता नगरिएको यस क्षेत्रलाई पछि सरकारले संरक्षित वनका रुपमा विकसित गरेको छ । आर्थिक वर्ष २०६८÷६९ को पौष महिनादेखि सुरु भएको मदाने संरक्षित वनले गुल्मी जिल्लाका ११ वटा गाविसहरु म्यालपोखरी, मलायगिरी, बाँझकटेरी, अग्लुङ्ग, सिर्सेनी, मरभुङ्ग, घमिर, छापहिले, अर्खबाङ्ग, ह्वाङ्गदी र दर्लिङ्गलाई समेटेको छ ।
समुद्री सतहको ९ सय ७५ मिटरदेखि २ हजार ६ सय ९० मिटर उचाई, १३ हजार ७ सय ६१ ह्ेक्टर क्षेत्रफलमा यो वन फैलिएको छ । ती गाविसहरुका ४७ वटा सामुदायिक वन उपभोक्ता समिति तथा विद्यालयमा गठित इको क्लव, मदाने संरक्षित वन कार्यक्रमद्धारा खटिएका कर्मचारी तथा सरोकारवालाहरुको सक्रिय सहभागिताका कारण मदाने संरक्षित कार्यक्रम प्रभावकारी बन्न पुगको छ । जनसहभागितामा आधारित दिगो वन व्यवस्थापन प्रमुख उद्धेष्य रहेको कार्यक्रमले स्थानीय जनतालाई कुनै न कुनै रुपमा यस वनमा आश्रित रहेको जनाईएको छ । यस संरक्षित वनमा खास गरी चाँद, चिलाउने, कटुस, बाँस, उत्तिस, खोँटे सल्ला, देबदार, खर्सु, गुराँस, ओखर जस्ता प्रकाष्ठ रुखका प्रजातिहरु पाईन्छन् । यस वनमा बहुमुल्य वन पैदावारहरु पनि रहेका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्व तथा पहिचान राख्ने चिराईतो, अल्लो, सगन्ध कोकिला, सुनगाभा तथा गुच्छी च्याउ जस्ता यस संरक्षित बनमा पाईन्छन् । गत बैशाख २० गते मदाने देउराली इको क्लवको नेतृत्वमा छापहिले माध्यमिक बिद्यालयबाट २ सय जना विद्यार्थीहरु शिक्षक संयोजकत्वको टोलीले यस क्षेत्रको एक दिने भ्रमण तथा अध्ययन गरी पाईने यहाँ जडिबुटीबाट स्थानीय स्तरमा नै आयुर्वेदिक औषधि उत्पादन गर्न सकिने प्रशस्त सम्भावना रहेको निष्कर्ष निकालेको थियो । मृग, चितुवा, स्याल, बँदेल, लङ्गुर र भालु जस्ता बन्यजन्तु तथा कोईली, कालिज, लुईचे जस्ता पक्षीहरु यस क्षेत्रमा पाईन्छन् । ४० हेक्टर घाँसे मैदान भएको यो वनलाई ढोरपाटन शिकार आरक्षसम्म जैविक मार्गको रुपमा बिकसित गर्न सकेमा झारल, घोरल जस्ता लोपोन्मुख जनावरको सजिलैसँग आगमन हुन सक्छ । जैविक मार्गको विकास भएमा विश्वबाटै लोप हुन लागेको रेड पाण्डाको समेत संरक्षण हुन सक्दछ । यस वनमा पर्ने पानीका मुहानले २ दर्जन जति गाविसलाई खानेपानीको सुविधा पनि दिएको छ । मदानेमा उद्गम स्थल भएर बग्ने छल्दी, पनाह, निस्ती तथा झिम्रुक नदीद्धारा विद्युत उत्पादन गरी गुल्मी, प्यूठान, अर्घाखाँची लगायतका जिल्लाहरु लाभाम्बित भएका छन् ।
जनसहभागितामा आधारित दिगो वन व्यवस्थान नै यस वनको उद्धेष्य भएकाले नै होला यस कार्यक्रमले प्रत्यक्ष रुपमा जनता लाभाम्वित हुने कार्यक्रमहरु सञ्चालन गरेको छ । पर्यावरणीय सन्तुलन कायम राख्नका लागि छापहिले गाविस ८ का अति बिपन्न १३ घर धुरीलाई सौर्य उर्जा प्रणालीका उपकरण बितरणदेखि साधारण तथा गरिब समुदायलाई उनीहरुको आर्थिक स्तर उकास्न तथा सहज जिविकोपार्जनका लागि डोको, डालो तथा नाङ्गलो बुनाई कार्यक्रम सम्पन्न गरेको छ । साथै संरक्षित कार्यक्रमले भु–बनोट कायम राख्नका लागि पहिरो क्षेत्रमा तार जाली लगाउने, बाख्रा पालन, भेँडा पालन तथा कृषि संवन्धि अदुवा खेती, बेसार खेती, वन संरक्षणका लागि वृक्षारोपण कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । साँच्चिकै मदाने संरक्षित वन क्षेत्रको प्राकृतिक, पर्यटकीय तथा धार्मिक विकासका लागि नेपाल सरकारले सहयोग गरिरहेको छ यसको सही सदुपयोग गर्न सकियो भने वनको मात्रै होईन यस क्षेत्रका जनताको जिवन स्तरमा समेत वृद्धि हृुने निश्चित छ ।