१८ वर्षदेखि श्रीमानको प्रतीक्षामा...
Published on
4:13:00 AM //
विष्णु पौडेल
गुल्मी, १७ भदौ । ‘प्यारी गंगा, घर जस्तो विदेश हुँदो रहेनछ । मैले अहिलेसम्म नगरेको दुःख यहाँ गर्नुपरेको छ । काम पनि साह्रै अप्ठ्यारो छ । पासपोर्ट दलालले नै राख्यो, पैसा पनि उसैले खाइदियो । हाम्रो जीवन भनेका नै भएका दुईओटा छोरी हुन्, तिनलाई राम्रोसँग पढाउनु अनि आमाबुबाको पनि ख्याल गर्नु ।
म सकेसम्म चाँडै आउने कोसिस गर्छु ।’ गुल्मी हर्दिनेटाकी गंगा अर्याललाई उनका श्रीमान् कृष्णले विदेशबाट लेखेको अन्तिम चिठीको अंश हो, यो । रोजगारीका लागि १८ वर्षपहिले मलेसिया छिरेका कृष्णले यो चिठी २०५३ सालको माघ महिनामा पठाएका थिए । धेरै धन कमाएर परिवारलाई सुखी बनाउने सपना साँचेर १९ चैत २०५२ मा मलेसिया पसेका उनको अहिलेसम्म अत्तोपत्तो छैन । ज्वाइँ नाता पर्ने हर्दिनेटाका लक्ष्मण खत्रीसँगको सम्पर्कमा मलेसिया छिरेका उनको करिब डेढ वर्षसम्म चिठीपत्र आदान–प्रदान हुने गरे पनि त्यसपछि मरेको हो ज्युँदो के हो, थाहा छैन । कृष्णलाई लैजाने लक्ष्मण खत्रीको पनि मृत्यु भइसकेको छ । ‘हामी गरिब परिवारका मान्छे, घरमा बसेर पनि जीवन काट्न गाह्रो छ । दुईओटा सन्तान भइहाले ।
यिनीहरूलाई पनि पाल्नुप¥यो र शिक्षा–दीक्षा पनि राम्रै दिनुप¥यो । समाजमा चलिआएको रीतिरिवाज पनि मान्नै प¥यो । अझ त्यसैमाथि पनि बुबाआमा हुनुहुन्छ । यहाँ केही काम पनि पाइन्न । पाइहाले पनि पैसै हुन्न ।’ १८ वर्षअघिको श्रीमान्को यो पत्रको अंश हेर्दै गंगा भक्कानिन्छिन् । सँगै जिउँला मरौंला भनेर २०४६ सालमा बिहे गरेकी गंगाले श्रीमान्सँगै बस्नु त परैको कुरा, बोली सुन्नसमेत पाएकी छैनन् । काखमा तीन महिनाकी कान्छी छोरी छाडेर श्रीमान् कृष्ण बिदेसिएका थिए । एक÷दुई वर्षमा फर्केर राम्रो घरबार बसाल्ने उद्देश्यअनुरूप श्रीमान् विदेश गएको गंगा बताउँछिन् । ‘उहाँले काखमा छाडेर गएकी कान्छी छोरी पनि १८ वर्ष पुगिसकी तर उहाँको अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘जति वर्ष भए पनि म उहाँकै प्रतीक्षामा छु ।’
अन्तिम चिठीमा बैंकमा खाता खोलेर खाता नम्बर र सबै परिवारको फोटा पठाइदिन भनेको उनले बताइन् । ‘अन्तिम चिठीमा खाता नम्बर र छोरीहरूका फोटाहरू पठाउन भन्नुभएको थियो । त्यो पनि पठायौं,’ उनले भनिन्, ‘त्यसपछि पनि धेरै चिठी पठायौं तर उताबाट कुनै जवाफ आएन ।’ मलेसियामा काम गर्न गएका छिमेकीसँग खोजी गरिदिन फोटा पठाएको भए पनि अन्यत्र कतै उजुरी नगरेको उनले बताइन् । आफूसँगै भएका सासू–ससुराको मृत्यु हुँदा पनि श्रीमान् नहुँदा आफैंले दाहासंस्कार गरेकी गंगाले आफ्नो त जसोतसो मन बुझाए पनि छोरीहरूको मन बुझाउन नसकेको पीडा पोखिन् । जेठी छोरीको विवाह गरेर गएपछि अहिले कान्छी छोरी र गंगा मात्रै घरमा छन् ।
बेपत्ता भएको यत्तिका वर्ष भए पनि श्रीमान् घर फर्कने आशा भने गंगामा मरेको छैन । उनी भन्छिन्, ‘एक दिन फर्केर आउनुहुन्छ भन्ने आशमा बसेकी छु ।’ उनी मात्रै होइन, मरभुङ–१, नमताका केशर गिरीका छोरा बाबुराम पनि बेखबर छन् । घरबाट धन कमाउन भन्दै १२ वर्षअगाडि बिदेसिएका बाबुरामको अवस्था केही थाहा नभएको केशर बताउँछन् । घरको आर्थिक अवस्था कमजोर भएपछि रोजगारीको सिलसिलामा मलेसिया गएका उनी न घर आएका छन्, न कसैले उनको बारेमा घरमा खबर नै ल्याएका छन् । यस्तै, जुनिया–८ का मोहनकुमार थापा खाडी मुलुक मलेसिया गएको आठ वर्ष पुग्यो ।
अहिलेसम्म उनको कुनै पनि सन्चो बिसन्चो गाउँमा आएको छैन । श्रीमती कुन्ती र दुई छोराछोरी हरेक दिन मोहनको प्रतीक्षामा छन् । ‘चाडपर्वमा श्रीमान् नहुँदा साह्रै नरमाइलो लाग्छ, ममी हाम्रो बुबा आउनुहुन्न भन्छन्, जेनतेन दुःख–सुखले दुईछाक भोकै राखेकी छैन । बस्ने बास पनि छैन, अर्काको घरमा बस्दै आएकी छु, श्रीमान् नभएपछि गाउँलेले पनि हेप्छन्,’ उनी भन्छिन् । गुल्मीमा रोजगारीको सिलसिलामा विदेश गएर बेपत्ता हुनेको संख्या यकिन नभए पनि सयौंजना विदेशी भूमिमा मृत्यु भइसकेको अनुमान गरिन्छ ।
वैदेशिक रोजगारमा जाने कामदारको क्षेत्रमा काम गर्न भन्दै एक वर्ष पहिले खुलेको संस्था पिपुल फोरमसँग पनि यसबारे कुनै आधिकारिक तथ्यांक छैन । फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्याल भन्छिन्, ‘हामीसँग पनि विदेश गएर हराएका कामदारको बारेमा कुनै तथ्यांक छैन । निवदेन आएमा मात्रै थाहा हुने हो । अहिलेसम्म हर्दिनेटाको एउटा निवदेन मात्रै परेको छ ।’ फोरमका अनुसार गुल्मीबाट भारतबाहेक अन्य मुलुकमा ४८ हजार ३ सय ८६ जना कामदार गएका छन् ।