आफ्नै करबाट ‘ज्यानमारा’ विकास
Published on
3:06:00 AM //
भरत पाण्डेय
गुल्मी । साँघुरो सडकमा हुइँकिएको बस सडकबाट तल खसेपछि गत वर्षको भदौ २४ गते गुल्मीको हर्दिनेटामा १३ जनाको ज्यान गयो।
गुल्मी जिल्लालाई पाल्पा हुँदै बाहिरी जिल्लासँग जोड्ने एकमात्र पक्की सडक तानसेन तम्घास सडक खण्डमा यो डरलाग्दो दुर्घटनामा ७ जना अंगभंग भएका थिए।
त्यो मात्रै एउटा घटना होइन उक्त सडक खण्डको जोर्ते खण्डमा त्यसको १ महिनाअघि मात्रै २०६९ साल साउन १२ गते राति भएको अर्को दुर्घटनमा १४ जनाको मृत्यु भएको थियो। अत्यन्तै ओरालो बाटोमा रातिको समयमा भएको दुर्घटनामा मृत्यु हुने उनीहरू एकै परिवारका सदस्य थिए।
यो सडक त्यस्तो सडक हो जहाँ यी दुईसहितका ८ वटा दुर्घटनामा ३९ जनाको एक वर्षभित्र मृत्यु भइसकेको छ। विकासको नाममा खर्च भएको रकमबाट सानो र साँघुरो सडक बनेपछि यस्ता दुर्घटना हुने क्रम बढिरहेको छ।
तम्घास तानसेन सडक गुल्मी जिल्लालाई बाहिरी जिल्लासँग जोड्ने एकमात्र सडक हो। विश्व बैंकको १८ करोड ४८ लाख ६५ हजार ९ सय ३२ रुपियाँ ऋण लागतमा २०६१ सालमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको यो सडक अत्यन्तै साँघुरो छ। सडक साँघुरो भएकै कारण अत्यधिक दुर्घटना भएको सरोकारवालाहरूको भनाइ छ।
जिल्लाको एकमात्रै पक्की सडकको यो अवस्था हुँदाहुँदै पनि गाउँमा बनेका नयाँ सडकहरूसमेत उस्तै बनेका छन्। गएको असार ३१ गते सदरमुकाम तम्घासबाट भुवनपानी जोड्ने सडकअन्तर्गत तम्घास ८ मा सडक खन्दा डोजरले बनाएको खाल्डोमा डुबेर गुल्मीको सदरमुकाम तम्घासमा १० वर्षीय बालक सन्देश परियारको मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारीअनुसार गुल्मी जिल्लाभित्र मात्र गएको एक वर्षमा भएका १६ वटा दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५१ जना अंगभंग भएका छन्। सडक बन्न र सुधार गर्नका लागि जति धेरै रकम खर्च हुन्छ त्यति दुर्घटना बढेको प्रहरीको तथ्यांक छ। ती घटनामध्ये अधिकांश सडकको दुरावस्थाका कारण भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निसान्त श्रीवास्तवले बताउनुभयो।
जुन बाटोका लागि आफ्नो करबापतको रकम खर्च भएको छ, त्यही बाटो नै ज्यानमारा छ भन्छन् गाउँलेहरू। सदरमुकामलाई क्षेत्र नं. ३ का धेरै गाविसमा जोड्ने तम्घास–पूर्कोटदह सडक ठाउँठाउँमा भत्कँदा अहिले जिप मुस्किलले चल्छ। ‘बाटो सम्झिँदा त जिउ सिरिङ हुन्छ, बल्लबल्ल जोगिएर आइन्छ’, धुर्कोट रजस्थलका शिक्षक निमबहादुर पाण्डेले भन्नुभयो– ‘के गर्नु पैदल हिँड्दा लामो समय लाग्ने र पहिरोको डरसमेत भएकाले बाध्यताले जिपमा यात्रा गरिन्छ।’
तम्घासबाट पुर्कोट जाने सडकअन्तर्गत जैसीथोकको बर्बोटमा बर्सेनी भत्केको सडकले गाउँ नै जोखिममा परेको छ। ‘हरेक वर्ष खसेको पहिरो हटाएर यातायात सञ्चालन गर्दा गाउँ नै जोखिममा परेको छ तर पहिरो रोकथामको कुनै उपाय अपनाइँदैन।’ –स्थानीय रुद्र घिमिरेले गुनासो गर्नुभयो।
धुर्कोटको बाटो मात्रै हैन बुटवललाई गुल्मीको क्षेत्र नं १ र बाग्लुङको तीन नम्बर जोड्ने गुल्मी क्षेत्र नं १ को रीडीबामी सडकको अवस्था पनि उस्तै छ।
गुल्मी जिल्लामा गत वर्ष विकासका लागि मात्रै १ करोड ३९ लाख रुपियाँ रकम आएको थियो। त्यसमध्ये एक करोड २२ लाख ९४ हजार ६ सय ७३ भन्दा बढी रकम मोटरबाटोहरू निर्माण र मर्मतमा खर्च भएको जिल्ला विकास समितिका लेखा प्रमुख केदार घिमिरेले जानकारी दिनुभयो। उहाँले विकासमध्येकै १६ लाख ५ हजार ३ सय २७ रुपियाँ फ्रिज भएको बताउनुभयो।
अहिले उपभोक्ता समिति र ठेकेदारले काम गर्दा त्यति सन्तोषजनक नभएको राष्ट्रिय योजना आयोगका सदस्य सचिव युवराज भुसालले बताउनुभयो। उहाँले जिल्लामै सडक कार्यालय नभएको र स्थानीय निकाय नभएकोले रकम सदुपयोग हुन नसकेको दाबी गर्नुभयो।
‘स्थानीय निकाय नहुँदा सहमतिका आधारमा भन्दै उपभोक्ता समिति गठन गर्दा दलका नेताहरू मात्रै बस्ने भएपछि अलि अनियमितता भएको छ’, भुसालले भन्नुभयो– ‘गुल्मीलाई पाल्पा डिभिजन सडक कार्यालयले हेर्नुपर्ने भएकाले पनि समयमै अनुगमन र प्रभावकारी कार्यान्वयन भएको छैन।’
जीर्ण सडकमा चल्ने थोरै जिपहरूले छतभरि भरिभराउ मान्छे राखेर गाडी चलाउँदा झन् जोखिम बढेको छ। नियन्त्रण गर्ने निकाय ट्राफिक प्रहरी मनपरी गर्नेलाई कारबाहीको दायरा नबढाई एक डेढ सय रुपियाँमा जतिसुकै मनपरी गर्न पनि छुट दिएको छ।
प्रहरीले पटकपटक गल्ती दोहोर्याउनेलाई पनि एक डेढ सय जरिवाना लिएर जनताको ज्यान जोखिममा पार्न छुट दिएको अर्खलेका भुवन पन्थीले दाबी गर्नुभयो।
साँघुरो सडकका कारण गुल्मीमा हरेक वर्ष ठूलाठूला दुर्घटना हुने गरेको भए पनि यहाँका विकास प्रेमीहरू कमिसन र घुसका लागि कमसल निर्माणको काम गरेर जनताको ज्यान जोखिममा पारेका छन्।