रिडी हाइड्रोको सेयर बिक्री सुरु
Published on
10:57:00 AM //
काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सेयर बिक्री सुरु गरेको छ। कम्पनीको जारी पुँजीमध्ये ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने व्यवस्था भएकामा पहिलो चरणमा शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका लागि सेयर बिक्री खुला गरिएको हो।
कम्पनीको कूल जारी पुँजी ३० करोडमध्ये १४ करोड ७० लाख बराबरको सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ। प्रभावित परिवारलाई जारी पुँजीको १० प्रतिशत सेयर खुला गर्नुपर्ने व्यवस्था भएअनुसार गुल्मी तथा पाल्पाका लागि खुला गरिएको हो। सेयर बिक्रीका लागि छिटोमा कात्तिक १ र ढिलोमा कात्तिक १८ को मिति तोकिएको कम्पनीले जनाएको छ।
काष्ठमण्डप डेभलपमेण्ट बैंकको रिडी शाखा, पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको बुटवल तथा तम्घास शाखा र साइन रेसुंगा डेभलपमेन्ट बैंकको बुटवल तथा गुल्मीका सम्पूर्ण शाखाबाट सेयर आवेदन गर्न तथा रकम जम्मा गर्न सकिनेछ। कम्पनीले सेयरबाट उठेको रकम इवाखोला आयोजनामा लगानी गर्ने जनाएको छ । -नागरिक न्युज डट कमबाट
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjKA3Z5kuaPp2O49IapkvlOBP_d0NKpvI-EMcGHJ9Z5NMtWtQ9SPyBzPDLmWIHiV7ol0zL_Jygnsbk6uy9GYfzouwu8PrrUzmnspI34w5MYUi1E52x53Gk5mYOuwrVKmP6gPA72guOmmxg/s320/logos.jpg)

0 प्रतिकृयाहरु