जे देखियो त्यही लेखियो: गुल्मी र अर्घाखाँचीका कार्यक्रममा जे जे देखियो
Published on
1:35:00 AM //
प्रेम सुनार
असोज १५, गुल्मी । गुल्मीका कुनै गाविसमा औपाचारिक कार्यक्रम भयो कि तत्कालिन राजा महाराजहरुलाई जस्तो जिल्लाबाट गएका अतिथीहरुलाई स्वागत, खसी ढलाई खुसुक्क तिन पानेले समेत कतिपयले सत्कार ग्रहण गर्न सकेनन् भने खल्लो मान्छन् तर छिमेकी गाविसमा भने त्यस्तो तडकभडक खासै केही देखिएन । पछिल्लो उदाहरण थियो मंगलवार खुल्ला दिशा मुक्त ठुलापोखरा गाविस घोषण हुँदाको औपचारिक कार्यक्रम ।
न त्यहाँ गुल्मीमा जस्तो तिनचार गाडी जिल्लाका नेता, सरकारी कर्मचारी सदरमुकामबाट धुईरो लागेर आएका थिए । न त वाजागाजा र खसी ढलाई न त भोज भतेर नै । सामन्य खिर अचार तरकारी, सिमित मानिसहरुको सहभागितामा अर्घाखाँचीको ठुलापोखरा खुल्ला दिशा मुक्त गाविस घोषण हुँदा गुल्मीका कार्यक्रमहरुमा हुने त्यो खर्च, त्यो भड्काई कहिले अन्त्य होला भन्ने महशुस भयो ।
गुल्मीमा एउटा गाविस खुल्ला दिशा मुक्त घोषणा हुन तिनदेखि पाँच वर्ष सम्म कुर्नु परेका उदाहरुणहरु पनि छन् तर अर्घाखाँचीका थुप्रै गाविस सुरु गरेको एक वर्षमै घोषणा हुने गरेका छन् त्यसको उदाहरहण पनि ठुलापोखरा गाविस हो । जो २०६९ मा सुरु भई मंगलवार सम्पन्न भयो । जिल्लाबाट धेरैको सहभागिता थिएन । मुस्कीलले दलिय प्रतिनिधीत्व र खानेपानी तथा सरसफाई डिभिजन कार्यालको । न त्यहाँ सिडियो, एलडियो र अन्य कार्यालयका प्रमुखहरुको धुईरो नै थियो ।
गुल्मीमा जस्तो जिल्ला विकास समितिबाट मात्रै आधा दर्जन महिला पुरुष, खानेपानीबाट त्यति नै, अन्य सरकारी कार्यालयका प्रमुख, दलका प्रतिनिधी, उनका भातृ संगठन, कुरो मिल्ने खालका पत्रकारहरु लगायत तिन चारवटा गाडीहरुमा ठुलै घरनाका जन्तीको तालमा पुगेर खुल्ला दिशा मुक्त गाविस घोषण गर्दा २ लाख भन्दा बढि रकम खर्च हुने गरेका थुप्रै उदाहरण छन । तर यर्थातमा विपन्न जनताको शौचालय बनेकै छैनन्, बनेकै भए पनि पानीको अभावमा प्रयोग विहिन छन् ।
यस्तो अवस्थालाई छिपाएर वाजागाजामा दिन भरी झुम्ने, राती फर्किने बेलामा खोयाबिर्केसँग चिउरा मासु सहित कतिपय गाविसले आमन्त्रित अतिथीलाई टक्राउने गर्दा औपचारिक कार्यक्रममा हुने गरेको खर्च जोड्ने हो भने एउटा कुनै मोटरबाटो, अर्को कुनै विद्यालय भवन बन्न सक्छ ।
सरकारी निकायको अनुगमन ठुलो कुरा हो तर अनुगमन झारा टराई अनि बन्दै नबनेका शौचालय र पुग्दै नपुगेको पानीलाई पुगेको भन्दै उद्घाटन गर्नु आँखामा छारो हाल्नु सिवाय अरु केहि हुन सक्दैन् । अनुगमनमा फर्केर नजाने उद्घाटनमा टुईकेर जाने प्रवृतिको प्रतिनिधी मुलक उदाहरण वाग्ला गाविसमा हेर्न जाँदा हुन्छ ।
जहाँ एउटै वडाका १६ घर भन्दा बढि घरधुरी दलितहरु पानीको अभावमा शौचालयमा ताला लगाएर बसेका छन् । करोडौको लागतमा वान्द्रा खाने पानी योजना सम्पन्न भएको यतिका वर्ष पुग्दा त उनिहरुले स्वच्छ खाने पानी पिउन पाउने अधिकारबाट बञ्चित भएका छन भने शौचालय पखाल्ने पानी त परैको कुरा भयो ।
बढिमा २०-२५ जना अतिथीहरु सहभागि त्यहाँ स्थानिस विद्यार्थीहरुले स्वागत गरे । गाउँवासीलाई शौचालय प्रयोगबारे सन्देश दिए जहाँ धेरै जनाले भाषण छाँट्नु परेन् । कुल ८ सय २० घर धुरी रहेको ठुलोपोखरामा अन्य शौचालय जनता आफैले पहिल्लै बनाएका थिए भने सरकारी कार्यक्रमबाट गत एक वर्षको अन्तरालमा ४ सय ६० वटा शौचालय बनेका थिए । ठुलापोखरा गाविस सचिव पुष्करनाथ आर्चायको अध्यक्षतामा घोषण सभा भएको थियो भने उद्घाटन त्यस कार्यक्रमका संयोजक धुर्व गिरीले गरेका थिए ।
किन हुन्छ त गुल्मीमा त्यस्तो भड्कीलो ? कारण जिल्लाका हाकिमहरुको दोष त्यति छैन् , त्यो सव गाविसका मानिसहरुले गर्ने चाकरी हो । उसले भन्छ सिडियो नल्याई हुन्न । अर्कोले भन्छ एलडीयो छुटाउनै हुन्न । एउटा गाविसका एउटै दलको चार पाँच जना मान्छेले एक जना कार्यालय प्रमुखलाई पटक पटक फोनमा निम्तो दिन्छ । त्यो सव आफ्नो काम पटाउनका लागि चाकरी हो , जनताका लागि होईन् ।
घोषण सभा कार्यक्रममा जाँदा र फर्किदाका दृश्य नियालेर सर्व साधरण चकित पर्ने गर्दछन् । एकातिर खर्च अर्कोतिर दिन भरी कार्यालय प्रमुख र्औपचारिक कार्यक्रममा हाई काढेर बस्दा सेवाग्राहीको सास्ती । खुल्ला दिशा मुक्त गाविस घोषणामा मात्र होईन गुल्मीका अन्य औपचारिक कार्यक्रमहरुमा पनि पैसा र समय दुबै खर्चिने कुराले बढवा पाउँदै आएको छ । यस्तो अवस्थालाई सुधार गर्न छिमेकी जिल्ला अर्घाखाँचीका त्यस्ता मित्तब्ययी कार्यक्रमहरुको सिको गर्न सके राम्रै होला कि कसो ?

खुशि र उल्लासका साथ
ReplyDeleteखुल्ला दिशामुक्त छेत्र
घोषणा भयो अर्घाखांचिको ठुलाप
स्थानिय सञ्चारकर्मी/
सहकर्मी दिपेन्द्र श्रेष्ठ
रेडियो रेसुंगा एफ़.एम 106.2mhz खुल्ला दिशामुक्त अभियान
अंतर्गत
अर्घाखांचिको ठुलापोखरा गाबिस
पनि अशोज 15 गते
खुल्लादिशामुक्त छेत्र
घोषणा भएको छ। सो कार्यक्रममा प्रमुख
आतिथ्य्ता जिल्ला खानेपानि
डिभिजन कार्यलय
अ:खाका सम्योजक धुर्व गिरि र
ठुलापोखरा गाबिस सचिब
पुस्करनाथ आचार्यको अध्यछ्तामा उक्त
कार्यक्रम समपन्न भयेको हो।
सो गाबिसमा अभियान थालनि 69-
मार्घ 14गतेबाट सुरु भई 70-भाद्र
21 गते डि-वाश-
सिसि सस्थाको गुणस्तर अनुगमंबाट सुईक्रिति पाएपछि ठुलापोखरा
खुल्लादिषामुक्त छेत्र
घोषणा भएको छ।कुल 920
घरधुरि रहेको गाबिसमा अभियान
वटा सॉचालय स्थापना भएका छन ।
उक्त कार्यक्र्ममा राजनैतिक द्ल.नागरिक समाज र
संघसस्थाका प्रतिनिधिहरुले
शुभकामना मंत्ब्य र स्थानिय छ
वटा बिधालयका छात्रछात्राहरुल
े बिभिन्न सरसफ़ाई
समबंधि नारा लगाई बजार रयालि समेत निकालेका थिय।
सो घोषणा कार्यक्रमको संचालन
गोपाल प्रसाद पौड्यालले
गर्नुभयेको थियो समापन गाबिस
सचिब पुस्करनाथ आचार्यले
गर्नुभयेको थियो।