नेकपा एमालेको बाँझकटेरी र हाडहाडेमा गाउँ भेला सम्पन्न
Published on
11:52:00 PM //
अनिल खत्री
गुल्मी, कार्तिक ५ । संबिधान सभाको निर्वाचनको सरगर्मी बढिरहेका बेला दलहरुले आफना चुनावी कार्याक्रम सहित गाँउगाँउमा होमिएका छन । चुनावी प्रचार घरदैलो अन्तरक्रिया सहित उम्मेदवारहरु ब्यस्त देखिएका छन । यसै क्रममा नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले संञ्चालन गरेको चुनावी प्रचार प्रसार अभियान अन्तर्गत मंगलवार गुल्मीको बाँझकटेरी गाविसमा भेला सम्पन्न भएको छ ।
भेलाले चुनाव प्रचार प्रसार समिती गठन गर्ने, कार्तिक १० गते युवा भेला सम्पन्न गर्ने लगायतका चुनाव सम्बन्धी बिभिन्न निणर्य गर्दै भेला सम्पन्न भएको बताइएको छ । सोहि भेलामा एकिकृत नेकपा माओवादी परित्याग गरि भिम बहादुर बिश्वकर्मा एमालेमा प्रबेश गर्नुभएको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ । भेलामा वाँझकटेरी गाँउ कमिटी अध्यक्ष चुरामणी भुसाल, क्षेत्रिय कमिटी सदस्य राम प्रंसाद भुसाल, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य हिरा एसी युवा संघ नेपाल क्षेत्र नं ३ का उपाध्यक्ष बाबुराम भुसाल लगायतको सहभागिता रहेको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ ।
त्यसैगरी चुनावी प्रचार प्रसार अभियान अन्तर्गत आज गुल्मीको हाडहाडे गाबिसका बिभिन्न स्थानमा कार्यकर्ता संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हाडहाडे गाँउकमिटीको आयोजनामा वाड नं. ६ मा भएको अन्तरक्रिया कार्याक्रममा नेपाली कांग्रेस र मसालबाट परित्य गरि ३ दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन । नव प्रबेसीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नं. ३ गुल्मीका संबिधान सभाका उम्मेदवार गोकर्णराज बिष्टले टिका लगाइ पार्टीमा स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नं. ३ गुल्मीका संबिधानसभाका उम्मेदवार गोकर्णराज बिष्ट, नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य कमलराज श्रेष्ट, नेकपा एमाले लुम्विनी अञ्चल कमिटी सदस्य दिल शोभ पुन, जिफन्ट लुम्विनी राप्ती इन्चार्ज पदम बिष्ट, नेकपा एमाले हाडहाडे गाउकमिटी पुर्व अपाध्यक्ष घन बहादुर पहराई, नेकपा एमाले गुल्मी-काठमाडौ सम्पपर्क मञ्चका सचिवालय सदस्य रमेश काउछा लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ ।