काँग्रेस हस्तिचौरको भेला सम्पन्न
Published on
5:05:00 PM //
लक्ष्मी पल्ली मगर
गुल्मी, असौज २६ गते । नेपाली काँग्रेस हस्तीचौर गाउँ समिति, गुल्मीको आयोजनामा बडादशैँको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ गुल्मीका संविधानसभाका उम्मेदवार त्रैलोक्य प्रताप सेनले नेपाली काँग्रेसको नेतृत्व विना देशले निकास पाउन नसक्ने दावी गर्नुभयो । उहाँले आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको जीत भएको दावी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराई, महासमिति सदस्य प्रध्यापक डाक्टर बुद्धबहादुर थापा, जिल्ला सदस्य हरीबहादुर के.सी., क्षेत्रीय सभापति दामोदर भुसाल, नेपाल शिक्षक संघका जिल्ला अधयक्ष प्रेमनारायण भण्डारी, नेपाली काँग्रेसका पुर्व गाविस अध्यक्ष नरहरी घिमिरे, हिमालय उच्च माध्यमिक विद्यालयका प्राचार्य दधिराम पन्थी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद अर्याल, जिल्ला सचिव भगतसिँह खड्का, पार्टीका पुर्व गाविस सभापति डिल्लीराज पन्थी, नेपाल प्रेस युनियनकी जिल्ला सचिव संगिता कुवँर लगायतले आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित भएको दावी गर्नुभएको थियो ।
बक्ताहरुले नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम गाविस सभापति शेरबहादुर कुवँरको अध्यक्षता, गाउँ समिति कोषाध्यक्ष अर्का शेरबहादुर कुवँरको स्वागत मन्तव्य तथा सचिव पदम जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना नेपाली काँग्रेसमा प्रबेश गरेका थिए ।

0 प्रतिकृयाहरु