गुल्मीको जाँतो–सिलौटा लोप, भारतबाट आउन थाले सिलौटा
Published on
12:13:00 AM //
प्रेम सुनार
असौज १५ । स्थानिय उत्पादनको उपेक्षा र वेदेशी उत्पादनको प्रोत्साहन यो देशका लागि सवैभन्दा ठुलो बिडम्वना बनेको छ । यहाँ सम्मकी कोदो, मकै, दाल पिँध्ने जाँतो र मसला वा अचार पिस्ने सिलौटा जस्तो स्थानिय उत्पादनले समेत उपेक्षा पाएको छ ।
केहि दिन अघि हामीले गुल्मी पिपलाधारा गाविसमा उत्पादन हुने नादीको जाँतो लोप भएको सम्बन्धी समाचार सम्प्रेषण गर्यौँ त्यसको एक साता नवित्दै सदरमुकाम तम्घासमा तराईदेखि भारत सम्मका जाँतो र सिलौटाहरु भित्रिएको देख्नु प¥यो ।
एक समय नादीको जाँतोले गुल्मी मात्र नभई पश्चिम नेपालका थुप्रै जिल्लाको वजार लिईरहेको थियो तर त्यसको बजार यतिबेला शुन्य जस्तै भएको छ र यसरी तराईदेखि भारत सम्मका उत्पादन जिल्लामा भित्रिएको छ ।
पिपलधारा ५ र ८ स्थित नादी गाउँका कुमालहरुले जाँतो र सिलौटा बनाउने ढुङ्गा खानी स्थानियले बन्द गराई दिएपछि उनिहरु त्यो पेशा छाडेर भारतको मजदुरी गर्न हिँडेका हुन् । यि दुई भिन्न भिन्न दृश्यले–‘स्थानिय उत्पादनलाई प्रोत्साहन गरिनेछ’ भन्ने नेता र ठुला कर्माचारीहरुको भाषणलाई राम्ररी ब्याङ्ग गरेको छ ।
आफ्नै आँखा अगाडी एक समय पश्चिम नेपालकै प्रशिद्ध नादीको जाँतो बनाउनेहरु पलायन भएर भारततिर, त्यताका मानिसहरु यता तिर भित्रिएर रोजगारी पाएको देख्दा पनि आफुले गरेका भाषणको स्मरण नगर्नेहरुले अव भाषण नछाड्दा राम्रै हुने देखिन्छ ।
रुपन्देही घर बताउने तराई मुलका एक सिलौटा ब्यापारीले भने–‘केहि त तराईतिर कै हुन्, तर धेरैजसो भारततिरबाट आँउछन् ।’ एउटा सिलौटाको ७-८ सय रुपैयाँ पर्ने उनले बताए । सिलौटाहरु धमाधम बिक्री भईरहेका छन् । उता नादी गाउँका कुमाल समुदायले बनाएका सिलौटाहरु भने सदरमुकाम सम्मको बजार पाउन सकिरहेका छैनन् ।
असौज १५ । स्थानिय उत्पादनको उपेक्षा र वेदेशी उत्पादनको प्रोत्साहन यो देशका लागि सवैभन्दा ठुलो बिडम्वना बनेको छ । यहाँ सम्मकी कोदो, मकै, दाल पिँध्ने जाँतो र मसला वा अचार पिस्ने सिलौटा जस्तो स्थानिय उत्पादनले समेत उपेक्षा पाएको छ ।
केहि दिन अघि हामीले गुल्मी पिपलाधारा गाविसमा उत्पादन हुने नादीको जाँतो लोप भएको सम्बन्धी समाचार सम्प्रेषण गर्यौँ त्यसको एक साता नवित्दै सदरमुकाम तम्घासमा तराईदेखि भारत सम्मका जाँतो र सिलौटाहरु भित्रिएको देख्नु प¥यो ।
गुल्मीको पिपलधारामा स्थानियले बनाएको झाँतो नबिकेर गाउँमै थन्किएको अवस्थामा (बाँया) र सदरमुकाम तम्घासमा भारतबाट आयातित सिलौटा छान्दै ग्राहक (दाँया) । तस्बिर: प्रेम सुनार |

0 प्रतिकृयाहरु