विगतमा हतियारको दम्भ देखाउनेलाई लोकतान्त्रिक हतियारले जवाफ दिऔँ: छन्त्याल
Published on
8:55:00 PM //
बिशाल पौडेल
शान्तिपुर, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार कृष्ण बहादुर छन्त्याल ले संविधान सभाको यस पटकको निर्वाचनमा जनलहर आएकोले नेपाली कांग्रेसको जीत सुनिश्चित भएको बताउनु भएको छ ।
छन्त्यालले बिशुखर्क गा.वि.स को खालीडाँडामा भएको चुनावी आमसभालाई संबोधन गर्दै नेपाली कांग्रेसको जित निश्चित भइसकेको देखेर विपक्षीहरु आत्तिन थालेको बताउदै उहाँले कसैको धाक, धम्कीबाट विचलित नहुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्लाको अधिकांश गा.वि.स.हरुमा चुनावी आमसभालाई संबोधन तथा कार्यकर्ता भेटघाट गरी सकेका नेता छन्त्यालले सो क्षेत्रको चुनावी अभियानले नेपाली कांग्रेसमय भएको तथा जनताले कांग्रेस खोजिरहेकोले उत्साहित देखिएका छन् ।
यसैगरी शान्तिपुर क्षेत्र तथा जिल्लाको समग्र विकास तथा लोकतान्त्रिक संविधानको सुनिश्चितताका लागी नेपाली काग्रेसको स्पष्ट बहुमतका लागी मंसिर ४ गते एक दिन नेपाली कांग्रसको पक्षमा मतदान गरी विगतमा हतियारको दम्भ देखाउनेलाइ लोकतान्त्रिक हतियारले जवाफ दिन उहाँले आग्रह गर्नुभयो ।
विगतको पहिलो संविधान सभाको निर्वाचनमा जस्तै भय र त्रास सृजना गरी यस क्षेत्रका जनतालाई गुम्राहामा पारी आफ्नो पक्षमा मतदान गर्न फेरी बाध्य गर्ने यदि कसैले दुस्शाहस गर्न खोजे यस यसपटक जनताले लोकतान्त्रिक हतियारमार्फत रुखमा मतदान गरी उनीहरुको दिवा सपना चक्नाचुर गर्ने नेता छन्त्यालले विश्वास व्यक्त गर्नुभएको छ ।
शान्तिपुर, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार कृष्ण बहादुर छन्त्याल ले संविधान सभाको यस पटकको निर्वाचनमा जनलहर आएकोले नेपाली कांग्रेसको जीत सुनिश्चित भएको बताउनु भएको छ ।
छन्त्यालले बिशुखर्क गा.वि.स को खालीडाँडामा भएको चुनावी आमसभालाई संबोधन गर्दै नेपाली कांग्रेसको जित निश्चित भइसकेको देखेर विपक्षीहरु आत्तिन थालेको बताउदै उहाँले कसैको धाक, धम्कीबाट विचलित नहुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEipQsPzReSas5xROJ_9gX628Dc3IkJomu2OVmzH68QQvoo81bRvZdKTMyuSYAqCm00IGMnqpMDEyEmUagohLx5QKq2vJDEH9KC_enfBfILXO64LQY0gw_tw__wBo3QJybU_WK5MJqoFaoU/s1600/Krishna+Chhantyal+Congress.jpg)