निर्वाचनलाई शान्तिपूर्ण बनाउन नेकपा एमालेको अपिल
Published on
8:11:00 PM //
अनिल खत्री
गुल्मी, १ मंसिर । नेकपा एमालेले मंसिर ४ गते हुन लागेको ऐतिहासिक संविधान सभाको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सम्बद्ध सबै पक्षसंग आग्रह गरेको छ ।
चुनावी प्रचारप्रसारको आज अन्तिम दिन नेकपा एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेले विज्ञप्ती जारी गर्दै जिल्लाको प्रशासन, राजनीतिक दल, संचारमाध्यमहरु, सुरक्षा निकाय, निर्वाचनसंग सम्बन्धित कार्यालयहरु लगायतले खेलेको भुमिका प्रति धन्यवाद ज्ञापन गर्दै निर्वाचन बहिस्कार गरेको नेकपा माओवादीलाई समेत निर्वाचन शान्तिपूर्ण बनाउन आग्रह गर्नु भएको हो । विज्ञप्तीमा एमालेको पक्षमा गुल्मीका तिनवटै क्षेत्रमा बिजयीको जनलहर आएको भन्दै लोकतान्त्रिक संविधान निर्माण, जिल्लाको विकास र समृद्धीका लागि नेकपा एमालेका तिनवटै उम्मेदवारहरुको पक्षमा मतदान गरी बिजयी गराउन समेत अध्यक्ष पाण्डेले अपिल गर्नु भएको छ ।
एमालेले चुनावी प्रकृया र व्यवस्थापनमा सहयोग गर्न पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिंदै सक्रिय रुपमा मतदानमा सहभागी हुन समेत गुल्मी जिल्लाका तिनवटै क्षेत्रका मतदाताहरुलाई अनुरोध गरेको छ ।
गुल्मी, १ मंसिर । नेकपा एमालेले मंसिर ४ गते हुन लागेको ऐतिहासिक संविधान सभाको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सम्बद्ध सबै पक्षसंग आग्रह गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh4Qdoa1KeePiwIdKlsFYetLUpg5TIioz-EUCLNBpiGQOlD2TMGquO2K84zMiQRf-xR6ZjQ-kfe9DPsIGAwDRUoKMOjh9iOjJ7Y0IbEzfWwggy0dk4YohlrqJDSda1s4OPSy6qqZXHg-04/s1600/41801_306215081330_1078058_n.jpg)
एमालेले चुनावी प्रकृया र व्यवस्थापनमा सहयोग गर्न पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिंदै सक्रिय रुपमा मतदानमा सहभागी हुन समेत गुल्मी जिल्लाका तिनवटै क्षेत्रका मतदाताहरुलाई अनुरोध गरेको छ ।
0 प्रतिकृयाहरु