दाहालको क्षेत्रमा बिपक्षीलाई अवरोध
Published on
12:27:00 PM //
मंसिर ४ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेको सिराहाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको तीन वटा मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेका छन् । उनीहरुले आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै लाईनमा बस्न दिएको बिपक्षीले आरोप लगाएका छन् ।
एमाओवादी कार्यकर्ताले बडाहामाल-६ स्थित निमावि भुल्किया मतदान केन्द्र, सोही गाविसको वडा ९ स्थित प्रावि मतदान केन्द्र र कल्याणपुर कलाबन्जरको जनता मावि मरेवा मतदान केन्द्रमा बिपक्षी पार्टीका रुपमा चिनिएकाहरुलाई भोट हाल्न अवरोध पुर्याएको बिपक्षीले आरोप लगाएका हुन । -कान्तिपुर दैनिकबाट
भोट हाल्ने लाइनमा दाहाल : एमाओवादी अध्यक्ष दाहालले सर्वसाधारणसँग लाइन बसेर भोट हाले। तस्विरः चाँदनी हमाल/नागरिकन्युज |
0 प्रतिकृयाहरु