नायक भुवन के.सी एमालेको चुनाव प्रचार गर्न गुल्मी
Published on
7:56:00 PM //
अनिल खत्री
गुल्मी, कार्तिक २१ । नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवालीले एक हातले संबिधान बनाउने र एकहातले बिकास निमार्णको कामलाई प्रथमिकताका साथ अगाडी बढाउने बताउनु भएको छ । चुनावी प्रचार प्रसार तथा घर दैलो भेटघाट कार्यक्रममा आज गुल्मीको बलेटक्सारमा सम्पन्न जनसभामा सम्बोधन गर्दैै नेता ज्ञवालीले नेकपा एमालेले बहुमत प्राप्त गरेर एक हातले संबिधान बनाउने र अर्को हातले बिकास निमार्णका कामहरुलाई पनि जोड दिने बताउनु भएको छ । एमाले केन्द्रिय प्रचार बिभाग प्रमुख समेत रहेका ज्ञवालीले अहिले देशको हितको लागी लोकतान्त्रिक संबिधान निमार्ण गर्नु प्रमुख जिम्मेवारी रहेकोले नेकपा एमालेको बहुमत बिना कुनै पनि हालतमा संबिधान निमार्ण नहुने बताउनु भएको छ । कार्यक्रममा नायक भुवन केसीले समेत सम्बोधन गर्नुभएको थियो कार्यक्रममा बोल्दै नेकपा एमाले जनजाती, कलकार, महिला, पिडीत, बिपन्न लगायत सबै क्षेत्रको प्रतिनिधित्व गरेकाले पनि आगामी संबिधान सभाको निर्वाचनमा एमालेको बहुमत जुटाउन नेकपा एमालेलाइ बिजयी गराउन सबैलाइ आग्रह गर्नु भएको थियो ।
