कतारमा रहेका खोटाङेली लागे गुल्मीका श्यामको जिवन रक्षामा
Published on
5:56:00 PM //
प्रेम सुनार
गुल्मी, १२ पुस । सामाजिक सञ्जाल फेशबुक र अनलाईन मिडियाको प्रभाव यस्तो छ कि यसले कसैको जिवन रक्षाका लागि संसारभरका मानिसहलाई सक्रिय पार्दै जान थालेको छ । यसको पछिल्लो उदाहरण हो गुल्मी हस्तीचौर १ जुकेपानीका श्याम घर्ति मगरको जिवन रक्षाका लागि पुर्व खोटाङ्गवासीहरुको समेत सहयोग संकलनमा सक्रियता ।
दोहा कतारमा कार्यरत खोटाङ्गको गुईपा गाविस वडा नम्वर ८ राम्चे निवासी अमर राई लगायतका खोटाङ्गवासीबाट कतारमा रहेका नेपालीहरुसंग श्यामको जिवन रक्षाका लागि सहयोग संकलन सुरु भएको राईले जानकारी दिए । ‘हिजो फेशबुकमा शेयर गरिएको गुल्मीन्युज डट कममा प्रकाशित न्युज पढे –‘राईले भने–‘साह्रै मन छोयो र हाम्रो कम्पनीका सय जना नेपाली हुँदै अन्य कम्पनीमा समेत सहयोगका लागि सक्रिय हुन थालेका छौं ।’ उनले आफुहरुबाट मात्र एक रुपैयाँका दरले संकलन भए पनि श्यामको जिवन बाँच्ने बताए ।

त्यस्तै उनको बारेमा बुझ्न उनकी आमाको मोबाईल नम्वर ९८१५४१०९५२ मा सम्पर्क गर्न समेत सकिनेछ । काठमाण्डौंमा रहेका गुल्मेलीहरुले सोही अस्पतालमा गएर बुझ््न र सहयोग गर्न सक्नु हुने छ । खोटाङ्गका नेपालीहरुले जस्तै गुल्मी सेवा समाज युईएले पनि श्यामको जिवन रक्षाका लागि सहयोग रकम संकलन गरी रहेको छ । विडम्वनाको कुरा गरिव असाहयहरुका लागि चुनाव ताका के के न गर्छु भन्ने स्वदेशमा रहेका दलका नेता, भर्खरै निर्वाचित सभाषदहरुलाई भने उनको त्यो जिवन दुहाईको समाचार पढ्ने फुर्सत समेत छैन् ।
0 प्रतिकृयाहरु