बढि संख्यामा राहदानी आएपछि प्रशासनमा भिड
Published on
7:28:00 AM //
प्रेम सुनार
गुल्मी ९, पुस । दशैं तिहार मान्न घर आएका गुल्मेलीहरुले पेश गरेको राहदानी यति बेला केन्द्रबाट बनेर आएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा भिड बढेको छ । तिन महिना भित्रमा बनेर आउने राहदानी यसपाली अन्य महिनाहरुमा भन्दा बढि मात्रमा आएकोले भिड बढेको सो कार्यालयका राहदानी फाँट प्रमुख भुवन बस्नेतले बताए । ‘गत श्रावणदेखि बनेर आउने राहदानी मध्ये यसपाली बनेर आएका रहादनीको संख्या बढि छ’ उनले भने "८ सय ८५ थान बनेर आएकोले वितरण गर्न ब्यस्त छौं ।"
उनले दिएको विवरण अनुसार यस चालु वर्षको पहिलो महिना श्रावणमा ६ सय ९८ जनाले साधरण राहदानीको निवेदन पेश गरेकोमा जम्मा ३ सय २३ जनालाई वितरण गरिएको थियो । त्यस्तै सो महिनामा द्रुत सेवा मार्फत २ सय ९४ जनाले प्राप्त गरेका थिए । भाद्र महिनामा ४ सय ३ जनाले साधरण राहदानी निवेदन पेश गरेकोमा २ सय २३ जनालाई वितरण गरिएको थियो भने द्रुत सेवा मार्फत २ सय २८ जनाले राहदानी लिएका थिए ।
प्रशासन कर्यालय राहदानी फाँटमा वितरणमा व्यस्त बस्नेत |
0 प्रतिकृयाहरु