छोरा जीवनको भिख माग्दै अस्पतालमा, बाबु सहयोग माग्दै गाउँ गाउँमा
Published on
4:48:00 PM //
प्रेम सुनार
गुल्मी, १० पुस । अस्पतालको शैयामा बाबुको मुखमा पुलुपुलु हेर्दै जिवनको दुहाई मागी रहेको छ छोरो । डाक्टर आउँछन् र उसलाई अप्रेशन गर्नु पर्छ त्यसका लागि अढाई लाख डिपोजिट तयार पार्नुस् भन्छन् । बाबु छाँगाबाट खसे जस्तो हुन्छन् । गाउँबाट चन्दा उठाएर जम्मा ६ हजार रुपैयाँ लिएर काठमाण्डौ पुगेका उनि अक्क न बक्क भए ।
डक्टर साव, मेरो त्यति पैसा निकाल्ने उपाय छैन् भन्छन् । डाक्टर थप्छन् –‘त्यो त डिपोजिट मात्र हो तिन लाख अरु चाहिन्छ भन्छन् ।’ सम्पत्तीका नामा एउटा वास मात्रै रहेका गुल्मी हस्तीचौर १ जुकेपानीका कुमार घर्तिलाई छोरा श्यामको मृत्यु स्वीकार्न विवश तुल्याउँछ परिस्थतीले । १८ वार्षिय श्याम विरामी परेको छ वर्ष भयो । रात दिनको हलोजुवा, मेलापात गर्ने कुमार दम्पत्ती अस्पताल लैजाने उपाय नभएर धामी झाँक्रितिर लागे । ६ वर्ष अघि निमोनिया विग्रिएको उनलाई बेलैमा अस्पताल ल्याउन सकेको भए अहिले उनको मुटुले नै काम नगर्ने अवस्था आउँदैनथ्यो । बल्लतल्ल श्यामलाई तम्घासको रेसुङ्गा अस्पतालमा ल्याईयो । जहाँबाट थाह भयो श्यामको मुटुमैं प्वाल परेको छ र उनलाई काठमाण्डौंको गंगालाल हृदयरोग उपचार केन्द्रमा नलगी हुँदैन । तम्घासबाट काठमाण्डौ जाने उपाय थिएन कुमारको । उनले छोरालाई घर फर्काएर लगे । अनि गाउँमा ऋण खोज्न थाले । सम्पत्ति भए पो साहुले पत्याउने, उनलाई कसैले ऋण दिएनन् ।
अन्ततः सोही गाउँकी जानकी घर्ति, तरीखर्कका ईन्द्रबहादुर कुँवर लगायतको पहलमा स्थानिय विद्यालयका शिक्षक, विद्यार्थीहरुबाट ६ हजार चन्दा उठाएर उनले छोरालाई काठमाण्डौको त्यस अस्पतालमा पुराएका हुन् । ‘डाक्टरले उनलाई फागुन ३० गते अप्रेशनका लागि मिति तोकेका छन् ’– गुल्मीको अर्जै घर भई काठमाण्डौंमा होटल गरेर बसेका नारायण अर्यालले भने –‘ति वालक अस्पतालमा छन् , अढाई लाख डिपोजिट मागेपछि उनका बाबु रुँदै घर फर्केका छन् ।’ उनले सहयोगको अपिल गर्दै थपे–‘लौन विचल्ली भयो उनको सम्पुर्ण गुल्मेलीहरुसंग सहयोगको लागि सञ्चार माध्यमले जोड गरीदिनुपर्यो । ’
‘बुवा नजानुस ्न मेरो छाती झन दुख्दै छ केहि हुने हो कि भन्दै श्यामले टिलपिल आँशु पार्दै भन्न थालेपछि बाबुको मुटु झन भक्कानियो, हामीले पनि मन थाप्न सकेनौं’–नरायणले भने । के गरुँ छोरा तिम्लाई यहाँ छोडेर गाउँमा जान्छु केहि उपाय लाग्छ कि भन्दै टोपीले आँशु पुछ्दै हिंडेका कुमार अहिले गाउँमा चन्दा उठाउँदै हिँडेका छन् । आमा गोमा भन्छीन् –‘लौन हजुर मेरो छोरो बचाई दिनुस् हाम्रो केहि उपाय लागेन । ’
तिन छोरा, तिन छोरी मध्ये श्याम माईला छोरा हुन् । कालिका निम्न माध्यामिक विद्यालय दोहली ३ ढाँडामा कक्षा ६ मा पढ्दै गरेका उनि पढाई छाडेको पनि धेरै भईसक्यो । ‘ज्यानलाई सञ्चो भए त पढ्ने मन थियो’– श्यामले भने–‘सवैले सहयोग गरेर मेरो ज्यान बचाई दिए पढ्ने थिएँ ।’ सहयोगका लागि सबैलाई के भन्न चाहनु हुन्छ भन्दा बाबु कुमार भक्कानिए । ‘भो म बोल्न सकिन ’ उनले सासै सासले भने–‘ सवैले सहयोग गरे मेरो छोरो बाँच्थ्यो कि भन्ने आश छ ।’
जिवनको भिख मागी रहेका १८ वर्षिय श्याम घर्ति ।

0 प्रतिकृयाहरु