एमालेबाट समानुपातिक सभासद्को नामावली टुङ्गो
Published on
3:26:00 PM //
काठमाडौँ, १२ पुस । समानुपातिकतर्फका संविधानसभा सदस्य अन्तिम नामावली तयार गर्न आज बसेको नेकपा(एमाले) स्थायी कमिटी बैठकले आफ्नो पार्टीले प्राप्त गरेको ८४ सभासद्को नाम टुङ्गो लगाएको छ ।
गोकर्ण रिसोर्टमा आज सम्पन्न बैठकले गरेका निर्णय औपचारिकरुपमा जानकारी नदिइए पनि समानुपातिक सभासद्का नामावलीबारे निर्णय गरेको बुझिएको छ । पार्टी केन्द्रीय कमिटीबाट उपाध्यक्ष विद्यादेवी भण्डारीलगायत अधिकांश महिलाको नाम सिफारिस भएको छ । त्यसैगरी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, सचिव युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, भानुभक्त ढकाल, धर्मनाथप्रसाद साह, डा वंशीधर मिश्र, जितु गौतमलगायत सिफारिसमा पर्नुभएको छ ।
पोलिटब्युरो सदस्य विष्णु रिमालका अनुसार बैठकले पार्टीले प्राप्त गरेको स्थानमा सबैको नामलाई अन्तिम रुप दिएको र शनिबार निर्वाचन आयोगलाई सूची बुझाइने छ । एक स्थायी कमिटी सदस्यका अनुसार शनिबार आयोगमा सो नामावली बुझाइएपछि त्यसलाई सार्वजनिक गरिनेछ । स्थायी कमिटीले यसअघि सम्पन्न केन्द्रीय कमिटीले तय गरेको मापदण्डअनुसार समानुपातिक सदस्यका नामावली तय गरेको जनाइएको छ ।
बैठकको निर्णयबारे कुनै पनि स्थायी कमिटी सदस्यले औपचारिक जानकारी दिन नचाहे पनि समावेशीतर्फका बाहेक अन्य स्थानमा अधिकांश केन्द्रीय नेता र निकायका सदस्य परेको स्रोतले जनाएको छ । रासस

0 प्रतिकृयाहरु