दाउरा नहुँदा गोबरको गुँईठाबाट खाना पकाउन बाध्य
Published on
10:16:00 PM //
कृष्ण बिसी
नवलपरासी, पुस १ । दाउराको अभावका कारण नवलपरासीको दक्षिणी भेगका गाउँका जनताहरुले गोबरको गुईठाबाट खाना पकाउन बाध्य भएका छन । दक्षिणी भेगका बासिन्दाहरु जंगलको पहुँचबाट टाढा रहेकाले दाउराको अभावका कारण बैकल्पीक उर्जाको रुपमा गोबरकोे गुईंठाबाट उनीहरु खाना पकाउन बाध्य भएका हुन् ।
आर्थिक अवस्था तथा जनचेतनाको कमीले गर्दा खाना पकाउनका लागि आधुनीक, ग्याँस, हिटर, माट्टितेलबाट बल्ने चुलो, दाउराको बुरादाबाट बल्ने आधुनीक चुलोको जस्ता बैकल्पिक चुलोको प्रयोगको बारेमा जानकारी नँहुदा गोवरको गुइठा नै प्रयोग गर्न सजिलो हुने गरेको स्थानियहरुको भनाई रहेको छ । त्यस क्षेत्रका कारिव ७५ प्रतिशत बासिन्दाहरु गुँइठाको प्रयोग गर्ने गरेका छन ।
गोबरको गुँईठाबाट निस्कने धुवाँको प्रभावले एकातिर स्वास्थ्यमा असर पारेको छ भने अर्काेतिर खेतहरुको उर्वरता शक्तिमा पनि कमी आएको छ । बढी मात्रामा बाली-नाली उत्पादनका लागि खेतको उर्वरा शक्ति बढाउन प्रांगारिक मलको रुपमा प्रयोग गरिने गाईभैंसी, गोरु, बाख्रा लगायत जनावरहरुको गोबरलाई सुकाएर गुईंठा बनाउन थालिएपछि खेतमा हाल्ने गोबर मलको अभाव हन थालेको छ । गुईठाबाट खाना पकाउदा धुँवा बढि हुने गरेकाले दक्षिणी भेगका महिला तथा बालबालिकाहरुलाई क्षयरोग, दम खोकी जस्ता रोगले च्यापने गरेको छ । गुईठाको धुँवाले दिन प्रतिदिन विरामी हुनेको संख्यामा पनि बृद्धि हुदै गएको छ ।

0 प्रतिकृयाहरु