जनयुद्धमा बन्दुक बोकेका महिलाहरु अहिले सिलाई कटाईमा........
Published on
7:51:00 PM //
गगनशिला खड्का
गुल्मी, २२ मंसिर । जनयुद्धकालमा बन्दुक बोकेर लडेकी वाग्ला गाविस वार्ड नं १ निवासी २३ बर्षिय पुर्ब लडाकु सिता भण्डारी आजभोली काखमा नानी च्यापेर मेसिन चलाउँछिन् । नानीलाई काखमा च्यापेर मेसिनको टुप्पोमा रहेको सियोमा धागो राख्ने कोशिस गरीरहँदा काखमा रहेको बच्चा भोकाएर रोईरहेको थियो । ‘के गर्नु बच्चाको स्याहार गर्ने समय त हो तर घरव्यवाहार चलाउनै प¥यो – उनी भन्छिन् ।
२०६२ सालमा जनमुक्ती सेनामा भर्ना भएकी भण्डारी ६ बर्षसम्म नवलपरासी स्थित माओबादी सेनाको क्यानटोनमेन्टमा बसिन् । जब सरकारले माओबादी लडाकुहरुलाई समायोजन गर्ने प्रकृया शुरु ग¥र्यो त्यसपछि भण्डारी जस्ता सयौँ महिलाहरु ‘अयोग्य’ लडाकुको समुहमा छानिए । उनी त्यतिबेला पार्टिमा प्रवेश गरेकी थिईन जुनबेला पार्टीले त्यतीखेर पछाडि पारिएका र परेका बर्गको मुक्तीका लागि भनेर बन्दुकको लडाई लडिरहेको थियो । लाउँ—लाउँ,खाउँ—खाउँ भन्ने कलिलो उमेर देखीनै घरपरिवार, इष्टमित्र, साथी संगीलाई छाडेर युद्धमा होमिएकी उनी जतिबेला लडाकु महिलाका लागि छुट्टै व्यवस्था गरिएन । महिला र पुरुषलाई बरावर हैसियतमा प्रतिस्पर्धी बनाईयो त्यस कुराले धेरै दुःखि छिन् ।
परीवर्तनका लागि बन्दुक बोकेका भण्डारी जस्तै १५ भन्दा बढी महिलाहरुका हातमा अहिले बन्दुकको साटो कुचो, जुठेल्नो र हँसिया नाम्लो छ । आफूहरुले उठाएको परीवर्तन र मुक्तिको नारा टुँगोमा पुग्न नसकेपछि मुक्ति त भएन नै मुक्तिको नारा लगाउँदै बन्दुक बोकेकाहरु पनि पुरानै परम्परातिर फर्केको उनीहरुको ठहर छ ।महिला मुक्ती र परिबर्तनका लागि भनेर दशबर्षे जनयुद्धमा होमिएकी विशुखर्क ६ निवासी २९ बर्षिय क्षेत्री सुमित्रा क्षेत्री पनि अहिले विरक्त छिन । ‘जसरी महिला मुक्तीका लागि भनेर हामीलाई बन्दुक बोकाइएको थियो, बम र बारुदको धुवाँमा रोमलिएको थियो त्यसको अहिले कुनै अर्थ रहेन ।’ – क्षेत्री भन्छिन् ।
चुलो चौको र घरव्यवहारमै मात्र सिमित महिलालाई घरबाहिर निकाल्ने अभियानका साथ २०५८ सालमा तत्कालिन नेकपा माओबादीमा प्रबेश गरेकी उनि एकिकृत नेकपा माओबादीसंग असन्तुष्टी मात्रै छैनन् आक्रोशित छिन् । ‘हामीले हाम्रा छोराछोरीलाई काखमा च्यापेर बन्दुक बोकेको कुनै नेताले महल ठड्याउँलान भनेर हैन हामी जस्ता बर्षौ देखी शोषित र दमित हजारौ महिलाको मुक्तीका लागि हो ।’ – उनले भनिन् – ‘तर अव हाम्रो मुक्ति चुलो चौकोमै सिमित भयो ।’ अहिले दन्द्धपिडित परिवारका लागि भनेर स्थानिय शान्ती समिति मार्फत सरकारले सञ्चालन गरिरहेको तिन महिने सिलाई—बुनाई तालिम लिईरहेकी क्षेत्रीले जनयुद्ध लड्दा विरोध गरेर हटाएका संस्कार पुनः आफैले अंगाल्नु पर्दा पिडाबोध भएको बताईन् । ‘जनयुद्धमा महिलालाई बन्दुक बोकाइयो तर आज कपडा कसरी सिलाईन्छ भन्ने कुरा सिकाईदैँ छ,यसले हामी लड्नुको कुनै अर्थ भएन ’– क्षेत्रीले भनिन् ‘जुन चिजको जुन कुराको भण्डाफोर गर्दै हिड्यौँ आज त्यही संस्कृती अंगाल्नु पर्दा दुःख लाग्छ ।’
कुनै समय महिला र पुरुष बरावर हुन । महिलाहरुलाई पनि अवसर दिने हो भने उनीहरुले पनि जस्तो सुकै काम गर्न सक्छन् । जिम्मेवारी दिईयो भने चट्टान पनि फोर्न सक्छन जस्ता नारा लगाउँदै उनीसंगै दशबर्षे सहयात्रमा कम्मर कसेर लागेकी सिमिचौर ७ निवासी २७ बर्षीय गिता थापा पनि पार्टीको नेतृत्व पंक्तीसंग उत्तिकै आक्रोशित र निराश छिन् । विद्यालय जाने समयमा महिलाको परिबर्तनका लागि झोला बोकेर र बन्दुक उठाएर हिडेकी थापाले अहिले पश्चाताप गर्नु शिवाय अरु विकल्प छैन् । थापाले छोरी भएर जन्मेदेखी नै घर र समाजमा महिलालाई गरिने लैङ्गिक विभेद सहन नसकेको र यस्तो खालको लैङ्गिक असमानता हटाउनको लागि एकिकृत माओबादी पार्टीमा प्रबेश गरेकी थिईन् । ‘जब म आमाको कोखबाट सन्तानको रुपमा छोरी भएर जन्मिए, त्यस दिनदेखी नै म अपहेलित हुन पुगेँ’ – उनले भनिन् – ‘समाज र परिवारले एउटै कोखमा जन्मेका सन्तानलाई फरक—फरक व्यवहार गरेको देख्दा विद्रोहको भावनाले जनयुद्धमा लागेँ, तर केही परीवर्तन गर्न सकिएन ।’ दशबर्षे जनयुद्धमा पुरुष सरह बम, बारुद र बन्दुक बोकेर युद्धको मैदानमा महिला मुक्तीको लागि लडाँई लडेपनि अहिले महिलाका समस्या ज्युका त्युँ रहेको गुल्मी धुर्कोट रजस्थलकी विष्णुमाया पाण्डेको भनाई छ । २ सन्तानकी आमा पाण्डेले स्वेच्छिक अवकास लिएकाहरुलाई पनि समाजमा पुर्ब माओबादी कार्यकर्तालाई हेर्ने दुष्टीकोण नै फरक भएका कारण पुर्नस्थापना हुन पनि गाह्रो भएको गुनासो पोखिन् । ‘हामीले राम्रै कामका लागि यत्तिका बर्षसम्म लडाँई लडेको भएपनि त्यसको परिणाम राम्रो नआउँदा अहिले पुनःस्थापना हुन अप्ठ्यारो भएको छ ।’
– युद्धको मोर्चामा सेक्सन सह कमाण्डरको भुमिका निर्वाह गरेकी उनले बताईन् । उनले जुनसुकै राजनैतिक दलले पनि महिलामुक्तीको नारा लगाएर चुनाब जित्ने बाटो रोजेको तर वास्तविकतामा महिलाका लागि कुनै त्यस्तो ठोस खालको कार्यक्रम सञ्चालन नगरेको बताईन् । ‘हिजो बन्दुक बोकेर पुरुष संगै युद्धभुमीमा लड्न सक्ने महिला आज पनि त्यतिकै जोखिम उठाउन सक्छन् ’– उनले भनिन् – ‘तर राज्यले महिलालाई कमजोर नै छन भन्ने मानसिकता हटाउन सकेको छैन ।’
जहिले जसरी लागेपनि एक नारीका कोमल हात महिला मुक्तिको लागि भनेर बन्दुकको स्टिगर तान्ने काममा प्रयोग भएका थिए तर अहिले राज्यले पूर्णतया बेवास्ता गर्नुले उनीहरुको अपमान भएकै छ । समाज र महिला मुक्तिका लागि केही गर्न सक्छाँै्र भनेर जोखिम लिन आँट गर्नेहरुलाई समाज रुपान्तरणको लागि भुमिका दिएमा उनीहरु विगतको आफ्नो ईतिहास समिक्षा गरेर आफैलाई सराप्ने समय समाजका लागि खर्चन्थे । अनि उनीहरुको जीविकोपार्जनका लागि पनि उचित व्याबस्था गरेमा महिला मुक्तिका योद्धाहरुले आफ्नो सम्मान भएको ठान्थे । यसतर्फ राज्यको ध्यान जानु जरुरी छ ।
उनले सिलाई कटाई परम्परागत व्यवसायिक पेशा भएकाले यो पेशाले महिला आर्थिक हिसाबले आत्मनिर्भर बन्न नसक्ने बताईन् । महिलाहरुका लागि भनेर सञ्चालन गरिने सिपमुलक तालिम अबका दिनमा परिमार्जित गरी ज्ञानमुलक हुनुपर्ने उनको धारणा छ । ‘तालिम भनेका यत्ति मात्रै हुदैनन् जुन १०÷१५ बर्ष अगाडी देखी चलेका छन जसले महिलाहरुलाई आत्मनिर्भर बनाउछ,आगामी दिनमा कम्पुयुटर, मोवाईल, सामुहिक कृषी, पशुपालन जस्ता विषयहरु समेटिनुपर्दछ ।
साभार ः सञ्चारिका समूह पश्चिमाञ्चल

0 प्रतिकृयाहरु