गुल्मीमा यस वर्ष सुन्तलाबाट १३ करोड
Published on
4:54:00 PM //
प्रेम सुनार
गुल्मी, १९ पुस । गत वर्षको तुलनामा यस वर्ष गुल्मीमा सुन्तलाको उत्पादन ७ प्रतिशतले बृद्धि भई अहिले सम्म कै बढि मुल्य बराबरको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको विवरण अनुसार वर्तमान बजार भाउ प्रतिकिलो न्युतम ५० का दरले हिसाव गर्दा पनि १३ करोड रुपैयाँ भन्दा बढिको सुन्तला गुल्मीमा यस वर्ष उत्पादन भएको छ ।
सो कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण अधिकारीका अनुसार यस वर्ष सुन्तलाको बृद्धि १० प्रतिशत लक्ष्य राखिएको थियो तर सुन्तलाले फुल हाल्ने बेलामा असिना पानीले क्षति पुराउँदा ७ प्रतिशत मैं चित्त बुझाउनु परेको छ । ‘गत वर्षदेखि सुन्तला पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई ३० हजार बेर्ना अनुदानमा बाँडेका हौं’– अधिकारीले भने–‘यस वर्ष ६० हजार भन्दा बढि बेर्ना बाँड्ने भएका छौं, सुन्तलाको प्रशस्त सम्भावना देखेरै हामी लागि परेका छौं, अहिलेको उत्पादन पुरानै बगैंचाहरुलाई ब्यबस्थीत र ब्यबसायीक बनाएर भएको हो ।’ उनले थपे–‘ कम्तीमा पनि ३० वटा बेर्ना लैजानेलाईँ हामीले अनुदानमा दिने गर्दछौं, प्याकिङ्ग चार्ज सहित ९ रुपैयाँ प्रति बेर्नामा ६ रुपैयाँ कृषकले तिनु पर्छ तपाई पत्रकारहरु पनि आउनु प¥यो र अरु कृषकहरुलाई पनि हाम्रो यो मिशनप्रति आकर्षित गर्नु प¥यो । ’ उनका अनुसार सो कार्यालयले सुरु गरेको ब्यबसायिक सुन्तला नर्सरीले उत्पादन दिन थालेपछि अहिलेको आम्दानी भविस्यमा दोब्बर हुने देखिएको छ । पछिल्ला तिन वर्षमा वार्षिक सरदर ११ करोड मुल्य बराबरको सुन्तला उत्पादन हुँदै आएको थियो ।
सो कार्यालयका वागवानी प्रविधिक सहायक दोमलाल भुसालले तयार पारेको विवरण अनुसार जिल्लाको कुल ५ सय २० हेक्टर मध्ये उत्पादनशिल २ सय ७६ हेक्टरमा यस वर्ष २ हजार ६ सय ५६. ८८ टन सुन्तला उत्पादन भएको छ । जुन २६ लाख ५७ हजार ८ सय ८० किलो हुन आउछ । जसलाई हालको बजार भाउ प्रति किलो ६० का दरले नभई न्युतम ५० का दरले हिसाव गर्दा १३ करोड २८ लाख ९४ हजार रुपैयाँको सुन्तला गुल्मीमा यस वर्ष उत्पादन भएको छ । त्यसका अलवा जुनार ३ हेक्टरमा, कागती ९ हेक्टरमा , अमिलो ( निवुवा ), भोेगटे, चाक्सी आदी सुन्तला जन्य फलफुल २ हेक्टरमा उत्पादन भएको छ । यसको भने प्रय: व्यवसायीक नभई घरयासी उपभोग हुने भएकोले माथी उल्लेखित हिसावमा जोडिएको छैन् । यो सहित जोड्ने हो भने गुल्मीमा वार्षिक १५ करोढ भन्दा बढि रकम सुन्तला जन्य फलफुलबाट मात्रै आम्दनी हुन्छ । प्राविधिक सहायक दोमलालका अनुसार कागती गुल्मीमा वार्षिक ६२. ६ टन र अन्य सुन्तला जन्य उत्पादन १५. ५२ टन हुँदै आएको छ , ‘यसलाई पनि ब्यबसायीकरणको आवस्यकता छ’– उनि भन्छन्–‘ सिमीचौर, अर्खले लगायतका कृषकहरुले भने कागतीलाई सदरमुकाममा ल्याएर ब्यबसायीकरण गरी रहेका छन् ।’
कृषि विकास कार्यालयले जिल्लामा तिन वटा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । पकेट क्षेत्र नम्वर १ अन्तगरत दिगाम, बिरवास, हर्दिनेट र गौडाकोटमा कुल ५४ हेक्ट सुन्तला
उत्पादन जमिन मध्ये हाल उत्पादनशिल २२ हेक्टरमा २ सय ११.८६ टन उत्पादन हुने गरेको छ । जुन २ लाख ११ हजार ८ सय ६० किलो हुन आउछ । जसबाट प्रति किलो ५० का दरले वार्षिक १ करोड ५ लाख ९३ हजार रुपैयाँको सुन्तला त्यस क्षेत्रमा उत्पादन हुन्छ । त्यस्तै गुल्मी जिल्ला एकिकराण हुनु अघि देखि नै स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँ, पिपलधारा, हाडहाडे, भनभने र यता अर्खले गविस सम्मलाई कृषि विकास कार्यालयले सुन्तला पकेट क्षेत्र नम्वर २ बनाएको छ । त्यस क्षेत्रको कुल १ सय ७४ हेक्टर मध्ये ५९ हेक्टर उत्पादनशिल रहेको र त्यहाँबाट यस वर्ष ५ सय ६८. १७ टन उत्पादन भएको छ । त्यसबाट २ करोड ८४ लाख ३५ हजार रुपैया सो क्षेत्रले यस वर्ष आम्दानी लिएको छ । सो क्षेत्रको नयाँगाउ गाविसमा पहिलेदेखि नै बढि सुन्तला फलाईन्छ । जहाँ गत केहि वर्ष यता न्युनतम वार्षिक १ करोड आम्दानी हुन्छ । त्यस क्षेत्रका कृषकहरुले अहिले मकै फल्ने पाटामा सुन्तलाको नर्सरी बनाउन थालेका छन् । जुन नर्सरीले फल दिन थालेपछि नयाँगाउ, पिपलधारा , हाडहाडे , भनभने र अर्खलेबाट मात्रै यस वर्ष सिंगो जिल्लाबाट आम्दानी भएको रकम बराबरको सुन्तला उत्पादन हुने देखिएको छ ।
पकेट क्षेत्र नम्वर ३ अन्तरगत अर्वेनी, हर्मीचौर, जयखानी र अर्लाङ्गकोट गाविसमा कुल ५० हेक्टर मध्ये २० हेक्टरमा उत्पादन भएको छ । जसमा १ सय ९२. ६ टन सुन्तला यस वर्ष उत्पादन भएको छ । जसबाट कुल यस वर्ष ९६ लाख ३० आम्दानी भएको छ । यि पकेट क्षेत्र बाहेक जुभुङ्ग, पराल्मी, सिर्सेनी , पुर्कोटदह। मर्भुङ्ग, अग्लुङ्ग लगायतका गाविसमा उत्पादन हुने सुन्तलाबाट यस वर्ष कुल त्यो रकम जिल्लालाई आम्दानी भएको हो । प्राविधिक सहायक दोमलालका अनुसार अर्लाङ्गकोटका स्वर्गिय आत्माराम भण्डारील जिवित छँदा बनाएको सुन्तला नर्सरीबाट मात्रै उनका परिवारले वार्षिक सरदर २ लाख आम्दानी लिन्छन् अहिले ।
सोही गाउँका सुशिल भण्डारीले वार्षिक १ लाख आम्दानी लिन्छन् । उनकै छिमेकी कृष्ण भण्डारीले त सोलर स्टोर अर्थात सुन्तला भण्डार स्थापना गरेका छन् । उनले १३ महिना सम्म सुन्तला नबिग्रीने त्यो स्टोरमा राखेर सुन्तलाको चिज हुने महिना चैत्र बैशाखमा बेच्छन र यो सिजनको दोगुना २ लाख करिव आम्दानी लिन्छन् । त्यस्तै दिगामको श्रृंगा निवासी भिमलाल कंडेलले पनि त्यस्तै स्टोर सञ्चालन गरेका छन् । उनले पनि यो सिजनमा नबेचेर अन्यत्र सुन्ताले फुल खेल्ने महिनमा बेच्ने गर्दछन् । उनको वार्षिक एक लाख र सोही गाविसको रुक्से गाउँका लालबहादुर ककंडेलले पनि वार्षिक एक लाख सुन्तलाबाट कमाउने गर्दछन् । उता सुन्तला पकेट क्षेत्र नम्वर २ अन्तरगत नयाँगाउँ ४ का नाराण थापा, वडा नम्वर १ का रामबहादुर घर्ति, वडा नम्र ८ का चेतनारयण आर्चाय लगायतका सयौं नयाँगाउँवासीले वार्षिक सरदर १ लाखका दरले आम्दानी लिने गरेका छन् । पिपलधार ५ का ७९ वािर्षया भेषबहादुर जिसीले समेत आटो खाने पाटोलाई सुन्तला नर्सरी बनाएका छन् ।
‘कि त भने कृष्णनगर सम्म पुगेर सुन्तलाले नुन साटेर ल्याउँथ्यौं ’–‘जिसीले भने–‘ अहिले त घरै अगाडीबाट गाडी चल्छ, छोराहरु सवै विदेश हामी बुढाबुढीले खेती गर्न सक्दैनौं, त्यसैले पाटामा सुन्तलाका बेर्ना रोपेका छौं ।’ १३ दिन सम्म हिडेर नुन बोकी खाएको अनुभव संगालेका जिसी भन्छन–‘अहिले त सुन्तला लगायत सवै कुराबाट गाउँमा साह्रै विकास भयो, पैसाको कमी हुन छाड्यो, अहिले त त्यही नजिकैको पसलबाट जान नानी नुन लिएर आईज भन्दा पनि केटाकेटीले धौं मान्छन् । ’ पिपलधारा ७ का विष्णु खनाल, ९का केशव खनाल, लगायतका सयौं घरधुरीले वार्षिक ५० देखि १ लाख सम्म आम्दानी लिने गरेको पिपलधार कृषि सम्पर्क केन्द्र प्रमुख नारायणप्रसाद भुषाल बताउछन् । उनका अनुसार हाडहाडे १ का एमबहादुर कुँवर, वडा नम्वर ३ का नन्दबहादुर रोका, २ का थानबहादुर नगरकोटी लगायतले वार्षिक सरदर १ लाख आम्दानी सुन्तलाबाट लिने गरेका छन् । सेवा केन्द्र प्रमुख भुसाल भन्छन् यस क्षेत्रका बगैचाहरु पुराना भई सके नया ब्यवस्थापनको जरुरी भैसकेको छ ।
उता पुर्कोटदह कृषि सम्पर्क केन्द्रमा सम्पर्क राख्दा त्यस अन्तरगतका पाँच वटा गाविसमा पनि सुन्तलाको नयाँ बगैंचा आवस्यकता भएको सेवा सम्पर्क केन्द्र प्रमुख हुमबहादुर थापा बताउछन् । भन्छन्–‘ यस अन्तर्गतका गाविस पुर्कोटदह, भनभने, म्यालपोखरी, मलागिरी र वाग्लामा सुन्तला बगैंचाहरु पुरानो हुँदै गएपछि कम फल्न थाले यसर्थ नया बगैंचा र ब्यबसायीकरणका लागि कृषहरुलाई चेतना अभिबृद्धिको खाँचो छ ।’ उनका अनुसार पुर्कोटदह १ बाट केहि दिन अघि मात्र छिमेकी वजार प्युठान तर्फ २ ट्याक्टर सुन्तला पठाईयो । त्यस गाविस वडा नम्वर ९ का मनिराम थापा, देवबहादुर थापा लगायतले वार्षिक ५० हजार सम्म सुन्तलाबाट आम्दानी लिन्छन् । त्यस्तै भनभनेमा एकिकृत नेकपा मआवादीका केन्द्रय सदस्य दिनेश पन्थीको परिवार पहिले देखि सुन्तला फलाएर आम्दनी लिने परिवार हो । सेवा केन्द्र प्रमुख थापा भन्छन्–‘ अँस्ती मात्र दिनेश सरले लौन नयाँ वगैचा सुरु गर्नका लागि के के गर्न पर्छ भनेर राय माग्नु भएको थियो ।’
भनभनेका मुरलीधर पन्थी, कुलप्रसाद घर्ति लगायतले वाािर्षक २० देखि ५० हजार आम्दानी लिने गरेको उनले बताए । यता जिज्यु बाजेको पाला देखि अर्खलेको भाँडगाउँ नाम लिन बित्तिकै सुन्तलाको सम्झनाले मुख रसाउने ठाउँ भाडगाउँमा अहिले युवा पुस्ता सुन्तला खेतीलाई ब्यबासीयकरण गरेर आम्दानीको प्रमुख माध्यम बनाउन लगि परेका छन् । भाडगाउँ माध्यामिक विद्यालयका शिक्षक थम्मन केसीले ३० रोपनीमा २ सय ५० वोट सुन्तालाबाट यस वर्ष १ लाखको सुन्तला बेची सकेका छन् भने करिव ४० हजार बराबरको सुन्तला बेच्न बाँकी रहेके बताउ छन् । उनले फल्न बाँकी रहेका ३ सय बेर्नाबट भविस्यमा वार्षिक ५ लाख आम्दानी लिने लक्ष्य लिएको बताए ।
उनका छिमेकी पुर्व गाविस सचिव शेरजंग बस्नेत, पुराना समाज सेवी पदमलाल पाण्डे, मानबहादुर घर्ति लगायतले उर्नैैको हाराहारीमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अझ २९ वर्षिय त्यस गाउँका युवा निरज मरासीनी र ३२ वर्षिय परमोद मरासीनी नयाँ सोच र जोसका साथ ब्यबसायिक कृषिमा लागेका छन् । निरजले ३६ वर्ष पुरानो सुन्तला बगैंचालाई ब्यबस्थीत गरेर सुन्तलाको बेर्ना बेच्ने नर्सरीमा रुपान्तरण गरेका छन् । फल दिने सय वोट सुन्तलाबाट यस वर्ष १ लाख आम्दानी लिएको र १५ हजार वेर्नाबाट सरदर ३ लाख आम्दानी लिएको बताउ छन् । उनले टनेल निर्माण गरी टमाटर खेती समेत सुरु गरेको बताए ् । उनले आगामी वर्ष देखि वार्षिक ५ लाख सम्म आम्दानी लिने लक्ष्य लिएको बताए ।
त्यस्तै परमोद पनि त्यही लक्ष्यका साथ उनि भन्दा केही कम सुन्तलाबाट आम्दानी लिने युवामा पर्दछन् । यि बाहेक सुन्तलाको बगैंचा नहुने भाडगाउका कुनै घरधुरी छैनन् । पछिल्लो चरण युवाहरुमा आएको यस्तो जागरुकताका कारणले पनि जिल्लाको तरकारी खेती, सुन्तला र कफी खेतीको विकासमा फड्को मार्ने क्रम बढेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाराण अधिकारी बताउछन् । उता स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली कृषि उत्पादनले नै जिल्लाको मुहार फेर्ने देखेरै दश वर्षे कषि योजनाको अवधारण ल्याई अगाडी बढिएको बताउ छन् ।
गुल्मीको सुन्तला पकेट क्षेत्र १ वाट रिडी पाल्पा र वुटवाल सम्म विक्री हुने गरेको २ बाट अर्घाखाँची , कपिलवस्तु र प्युठान सम्म , तिनबाट छिमेकी स्याङ्गजाको मिर्मी, सेतीवेनी र पोखरा सम्म, यता अर्लाङ्गकोटको सुन्तला बाग्लुङ्गको खर्वाङ्ग हुँदै ढोरपाटन सम्म पुग्ने गरेको प्राविधिक सहायक दोमलालले बताए । गुल्मीको अधिकांस भुभाग चिसो र मलिलो रहेको छ । कफी उत्पादनले अन्तराष्ट्रिय स्तर सम्म आफ्नो पहिचान बनाउन सफल गुल्मी छिमेकी जिल्लाहरुका लागि सुन्तला उत्पादनको जिल्लाका रुपमा पनि परिचीत हुँदै आएको छ । नेपाल एकिकरण पुर्व पाल्पाली राज परिवार र राजधानीका राणा खानदान सम्म गुल्मीको सुन्तला कोशेली लगि दिने चलन थियो भन्छन् बुढापाकाहरु । यसरी परम्पारा देखि सुन्तला उत्पादन र बिक्रि वितराण भए पनि सिधै कृषकहरुले मुनाफा लिने गरी बजार ब्यबस्थापन भने हुन सकेको छैन् । ठेक्का लिने मान्छेहरुले शहरमा बसेर पैसा कमाउने उता सुन्तला कृषक भने मर्कामा पर्ने गरेको गुनासो सुनिएको छ ।

0 प्रतिकृयाहरु