गुल्मीको दिगाम गाउँ फलफूल बगैँचामा रूपान्तरण
Published on
3:27:00 AM //
धुर्कोट (गुल्मी), ७ माघ - व्यावसायिक कृषितर्फ गाउँलेहरू लाग्न थालेपछि अहिले गुल्मीको दिगाम गाउँ नै फलफूल बगैँचामा रूपान्तरण भएको छ ।
पहिला पहिला मौसमको बेला मात्रै मकै, गहुँ फल्ने बाँकी समय बाँझै रहने दिगामका किसानहरू अहिले व्यावसायिक कृषिमा लागेपछि गाउँ नै बगैँचामा रूपान्तरण हुन थालेका छन् ।
दिगाम–१ का लालबहादुर कँडेलले एक्लै २३ रोपनी जग्गामा फलफूल खेती गरेर राम्रो आम्दानी गर्नुभएको छ । बासठी वर्षीय कँडेलले फलफूलबाटै वर्षमा छ देखि सात लाखसम्म कमाउनुभएको छ । ‘‘यो वर्ष पाँच लाखको
सुन्तला बेचियो’’– कँडेलले भन्नुभयो, “अरू फलफूल पनि छन्, वर्षमा रु छ सात लाख सजिलै कमाउछौँ ।”
घर छोडेर भारतसम्म पनि नगएका कँडेल ३० वर्ष अगाडिदेखि आफ्नै गाउँमा व्यावसायिक कृषि पेसा अँगालेर बस्नुभएको छ । आफ्नो परिवार कृषि पेसामा सन्तुष्ट रहेको बताउँदै कँडेलले आफ्ना छोराहरू तथा श्रीमतीले पनि कृषिमा आफूलाई सघाइरहेको बताउनुभयो । ¬‘‘विदेश हैन भारत पनि गएको छैन्, छोराछोरी श्रीमती सबै कृषिमै संलग्न छौं, तेइस रोपनी जग्गामा तरकारी, कफी र फलफूल लगाएका छौँ ।’ उहाँले भन्नुभयो ।
उहाँको मेहनेत देखेर दिगामका धेरैजसो व्यक्ति अहिले व्यावसायिक तरकारी तथा फलफूलखेतीमा लागेका छन् । गाउँमै दुर्गा भवानी कृषक समूह खोलेका २८ जना कृषकले आफ्नो बारीमा तरकारी तथा फलफूल लगाएका छन् । सोही स्थानकै रूपसेका तुल्सी कँडेलेको नौ रोपनी बगैँचामा भर्खंरै ७०० सुन्तलाका बिरुवाबाट रु दुई लाख कमाउनुभयो ।
उहाँका बारीमा सुन्तला सँगसँगै गुल्मेली कफी पनि पाक्ने तयारीमा छ । कँडेलले यो वर्ष सुन्तला तथा कफी लगायतका अरू फलफूल बिक्रीबाट रु तीन लाखभन्दा बढी आम्दानी हुने बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार दिगाम सुन्तला उत्पादनको पकेट क्षेत्र हो । उक्त गाविसमा सुन्तला तथा कफी उत्पादन पनि फस्टाउँदै गरेको कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो । दिगाम गाविसमा अहिले पनि झन्डै १५ भन्दा बढी व्यक्तिका साना ठूला सुन्तला बगैँचा छन् । -रासस

0 प्रतिकृयाहरु