सरकारले दश लाख दिएर मात्र शहीदको सम्मान नहुने
Published on
5:47:00 PM //
जनार्दन घिमिरे
गुल्मी, १६ माघ । राज्यले शहिद घोषणा गर्दैमा वास्तविक शहीदको कदर र पहिचान हुन नसक्ने आज गुल्मीमा आयोजित एक कार्यक्रममा वताईएको छ । कसैले व्यक्तिगत रिसीवीका कारण भएको हत्यालाई लिएर पनि शहीद घोषणा गराउने काम वन्द गर्न सरकारलाई आग्रह गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राजनैतिक दल तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुद्वारा शहीद शम्सेर वहादर खत्रीको शालीकमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम तम्घास गाउँ समितिले आयोजना गरेको थियो ।
शहीद सप्ताहको अन्तिमदिन शहीद शम्शेर वहादुर खत्रीको शालीकमा माल्र्यापण गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल । पञ्चायती सरकाको विरोध गरेको भन्दै तत्कालीन पञ्चायती सरकाको निर्देशनमा शम्शेर वहादुरको जिँउदै टाउको काटेर सदरमुकाम तम्घास ल्याईएको थियो । तस्विर ः जनार्दन घिमिरे
0 प्रतिकृयाहरु