मैले बुझेको शहर, मैले देखेको शहर
Published on
2:54:00 AM //
संगिता कुवँर
धेरै गाडी, थुप्रै मानिस, ठुला घर, ठुला उद्योग, धेरै अबसर भएको ठाउँलाई पो शहर भन्दा रैछन् यता तिर । ठुलो ठाउँ, फराकिलो बिचार, धेरै अबसर, चुनौति बढि भएको पो शहर मेरो परिभाषामा, सानो छदाँ छ सात घण्टा हिँडेर सदरमुकाम पुग्दा ओहो ! शहर भनेको त यस्तो रैछ भन्ठान्थेँ, यो शहरमा पढ्न र बस्न पाउने केही भाग्यमानी मध्ये म पनि भाग्यमानी ठान्थेँ तर सबै त्यहि शहर रहेनछ ।
परिर्वतन हुँदैछ शहरको परिभाषा । अर्को कुरा मैले सदरमुकाम तम्घासलाई शहर भने, सदरमुकामकाले बुटवललाई शहर भने अनि बुटवलकाले काठमाण्डौ, काठमाण्डौकाले बिदेशलाई शहर भन्दा रहेछन् । फेरी शहर त स्वच्छ, सफा, धुवा,ँ धुलो रहित सवै कुराको सुबिद्या भएको पो हुनपर्ने मैले बुझेको काठमाण्डौं शहर त लोडसेडिङ्ग, खानेपानीको अभाव, धुलो, धुँवा, महङ्गी किन हुन्छ त ? फेरी प्रश्न मेरो मनमा, होइन सुबिद्या नभए त सबै किन यहि शहरमा रमाउन चहान्छन् ? अर्को मनले उत्तर सहित सान्त्वना दिन्छ । शहर सबैको रहर पो रैछ । मैले बुझेको शहरमा त सबै स्तरका मान्छे अटाएका छन् । प्रधानमन्त्री, मन्त्री, डाक्टर, इन्जीनियर, पढेका, नपढेका, माग्नेहरु, सबै छन् त । यो शहरमा राम्रा मान्छे छन् । नराम्रा मान्छे पनि छन् । केही प्रगती गर्ने पनि भेटाँए शहर रहर मात्रै होइन जन्म ठाउँ छोडेपछि केही गर्न सक्नुपर्छ । सकिन्छ आफना लागी सकिदैन अरुका लागी गर्नुपर्छ, भन्ने पनि भेटेँ यहि शहरमा, सडकमा गाडी गुडिरहेछ, मान्छे बाटो हिडिरहेछ, पढ्ने पढिरहेछ, बन्ने बनिरहेछ बिग्रने बिग्रीरहेछ । यहि त होला शहर सोचे जस्तो र एक घण्टाको सपनाको शहर जस्तो पनि हैन नी ।
दाई सरकारी जागीरे यहि शहरमा पढेर भाका हुन् । भाईलाई डाक्टर बनाउदाँ बाले यहि शहरमा पढाका हुन्, मामाको छोरा शहरमा भौँतरीदै गर्दा आज अमेरीका पुगे, अकंल अहिले कतारमा छन् । यो शहरको कुरा गर्ने भने उनलाई रिस उठ्छ रे मलाई बिगार्ने शहरको भो कुरा नगर भन्छन् । गाह्रो पनि छ, शहरमा जिउन र टिक्न यहि शहरले कसैलाई रुवाएको छ, कसैलाई हसाएको छ । सभ्य सुंसस्कृति भित्र समाजको बिकासको उद्गम पनि भन्दा रैछन् यहि शहरलाई मैले बुझेको शहरका ठुला महलमा बस्ने मानिसको मन भने साह्रै साघुरो पो रहेछ । बडो अचम्म बिचित्र शहरले कतिलाई प्रगतिको बहानामा डाडाँ काटायो, कसैलाई सडकको धुलो चटायोे कैयौलाई थकित बनाएर गाउँमै पठाएका उदाहरण पनि यहि खाल्डो शहर भित्र देखेँ सभ्य समाज भित्र असभ्यपना पनि हदै सम्म यहि शहर भित्र, रैथाने बाहेका मान्छेलाई दोस्रो दर्जाका मान्छे ठान्ने प्रवृति प्रशस्त पो छ यो शहरमा, वास्तवमा अचम्मै को पो छ त यो शहर । भव्य र सभ्य बन्ने ठुला सुनौलो भबिष्यको सपना बोकेर काठमाण्डौ छिरेका मध्ये धेरै शहरको खोक्रो तडकभडक भित्र अभ्यस्त भएकाको त कुरै छोडौ । यो शहर भित्र रमाउनेहरु मध्ये लक्ष्य पुरा गर्नेको तथ्याकं त निकै कम पो रैछ । लक्ष्य पुरा गर्नेहरु बौद्धिक बने, काम र नामबाट नेपाली भनेर देशबिदेशमा भनेर चिनाए, यसको श्रेय पनि यहि पापी शहरलाई, सफलहरु मध्ये गौरवका साथ म गाउँमा आटो, रोटो, ढिडो खाएर हुर्केको भनेर गौरव गर्नेहरु कमै छन् । कारण त उनिहरु शहरको रनभुल्लमा रमाउँदा आफनो अतित बिर्सदा पो रैछन् ।
शहरमा महल बनाएर बसेका त हिजो गाउँमा गरेको दुख बिर्सीदा पो रैछन् ।मलाई शहरको मननपरेको कुरा मान्छेमा आफनोपनको स्वभाव नै छैन किन मान्छेहरु दुखमा साथ दिदैनन् ।बडो अचम्मको शहर बाटोमा आइपुगेछु म हिड्छु मनमा आउछ ए ! शहर तैले कतिको भबिष्य बनाइस् त कतिको बिगारीस् त पापी पनि होस् बिग्रेकको भबिष्य बनाउन सक्दैनस ? गाली फेरी त्यहि शहरलाई गर्छु तर नरिसा है शहर तँ त माध्यम मात्र होस् काम गर्ने राम्रो गर्ने जिम्मा त सुखको आसमा शहर पसिरहेकाको पो होनी । अनि फेरी यो शहरलाई त्यो हरियाली गाउँडाडाँ पाखा संग तुलना गर्ने भने त आकाश पातलको फरक छ । याद गर्लास तेरो पछि धेरै मानिस छन् भनेर धेरै मख्ख चाहि नपर । थोरै र सभ्य मानिस छन् भने पो मख्ख परेको राम्रो नि ? म पनि सफलताको एउटा खुड्किलो माथी चड्ने आसमा यहि शहरमा छिरेकी छु मलाई पनि साथ दिन्छस् दिन्न त्यो भने भोली थाहा हुने छ ।
हस्तिचौर २ हर्पुकोट गुल्मी
स्नातक प्रथम बर्ष ‘पत्रकारीता’
पशुपति बहुमखी क्याम्पस चावहिल काठमाण्डौ

0 प्रतिकृयाहरु