अब होटल तथा डान्सबार २४ सै घण्टा खुल्ने
Published on
4:40:00 PM //
संगिता कुवँर
पौष २२, काठमाडौँ । सरकारले रात्रीकालीन व्यबसाय सञ्चालनको लागी तोकेको समयसिमा हटाउने भएको छ । यस अघि राती ११ बजे बजेपछि होटल, डान्सबार, डिस्को लगाएतका रात्री व्यबसाय सञ्चालनका लागी अनुमति दिएपनि अब २४ घण्टा खोल्न नयाँ व्यबस्था बनाएको हो । रात्रिकालीन व्यबसायलाई मर्यादित र व्यस्थित रुपमा चौबीसै घण्टा सुचारु गर्न सहमत भए पछि यो व्यबस्था लागु भएको हो । रातको समयमा हुने अपराध, बिकृती बढेको भन्दै तत्कालीन सरकाले ११ बजे पछि व्यबसाय सञ्चालनमा रोक लगाएको थियो ।
0 प्रतिकृयाहरु