बढिघाट खोलामा मृत भेटिएकी कल्पनाको हत्या कि आत्महत्या? किन मौन छ प्रहरी?
अनुरोध: मृतकको तस्बिर अली बिभत्स छन्, कृपया कमजोर मुटु हुनेहरुले नहेरिदिनुहोला ।
यो पनि पढ्नुस्: बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)
बढिघाट खोलामा डुबेर एक महिलाको मृत्यु
प्रेम सुनार
गुल्मी । नेपाल टेलिकमको विश्वस्त श्रोतका अनुसार उनले चलाउँदै आएको सिमबाट ११ दिन देखि कुराकानी बन्द भएको थियो । यस हिसावले उनि कसैको बल्याकमेलमा परेको हुनुपर्छ भन्ने अनुमान लगाउन पनि सकिन्छ । श्रीमान गत चार वर्ष देखि बैदेशिक रोजगारका लागि युरोपेली मुलुक लग्जम्बर्गमा हुनहुन्छ । ५ बर्ष र ११ बर्षका दुई छोरा घरमैं र १३ वर्षकी जेठी छोरी मामा घर बुटुवलमै बसेर पढ्दै थिईन् । दुई तिन दिन अघि मात्र उनि छोरी र श्रीमानसंग कुराकानी भएको उनको छोरा बताउँछन् । माघ २६ गते साँझ करिव ८ वजे सदा झैँ खाना खाएर विस्तरामा लडेकी उनलाई एक पुरुषको फोन आउँछ । केहि वेर कुरा हुन्छ । वालकहरु सुते ।
फोन आएको मात्रै थाह भयो के कुरा भयो पुरै उनिहरुले सुन्न पाएनन् । विहानपख करिव ४ वजेतिर वस आउँछ । दिदी.....दिदी भनेर एक जना पुरुषले दोकानको समान राख्न बोलाएपछि आमा बाहिर निस्केको बताउँछन् मृतक खरालका ११ बर्षिय छोरा अनि कति वेला भन्छन् त्यति वेला मात्रै थाह पाएको हुँ आमा विस्तरामा हुनु हुन्न भन्ने कुरा । यो २७ माघ विहान दोभान नजिकै बडिघाट खोलामा मृत फेला परेकी आँपचौर ६ ईन्द्रगौंडाकी ३५ वर्षिय कल्पना खरालको छोरा र आफन्तजनसंग गरिएको रेडियो कुराकानीमा आधारित सामग्री हो यो । उहाँका श्रीमान घनश्याम खराल विदेश हुनु हुन्छ । उहाँका छोराको कुरा सुन्ने हो भने बैदेशिक रोजगारको परिणती जो जसले भोगेका छन्, त्यही भोगाई उहाँका श्रीमानले र त्यही मराई कल्पनाको हो कि भन्ने अडकल काट्न सकिन्छ ।
कसैले ब्ल्याकमेल गरेको थियो कि भन्ने उहाँको छोराको भनाईले देखाउँछ । सत्य यहि हो पत्याउनुस वा नपत्याउनुहोस समाजमा नजिकका हुन वा टाढाका विदेश श्रीमान भएकी महिला माथीको गिद्धेदृष्टी डाल्ने भुसतिघ्रेहरुबाट बच्न गारो भई सकेको छ । निर्दोषलाई पनि वापत लगाउने, लोग्नेले विदेशमा कमाएको पैसा प्रति डाह गर्ने र त्यसको रिस उसकी श्रीमतिसंग पोख्ने, भरसक घर विगार्ने षडयन्त्र भई नै रहन्छ हाम्रो समाजमा । विदेश श्रीमान भएका कैयौं महिलाको विकृतिको खवर पनि लेखेँ मैले र उनिहरु मध्ये निर्दोषहरुको पिडा पनि लेखेँ र परिवार, समाजले छुटाउन लागेकाहरुलाई पनि जोडाएँ मैले जस्तो लाग्छ । केहि घटनाहरु म संग छन् ।
ओझेलका खवरमा सुनि सक्नु पनि भएकै होला । खास के हो भने कसैसंग जान आँटेका महिलाहरुले श्रीमानले कमाएको पैसा धुलो पार्छन र छोरा छोरीहरुको हेर विचार पनि गर्दैनन् । तर कल्पनाले थुकले टिपेर पैसो जोगाए जस्तो देखिन्छ । उहाँले किराना पसल गर्नु हुन्थ्यो । अर्लाङ्गकोटस्थित माईती परिवार पनि प्रतिष्ठीत र यता घरमा पनि त्यस्तै । ईज्जत उहाँको सवै भन्दा ठुलो सम्पत्ति हो भन्ने कुरा म पनि छिमेकी गाविस भएको नाताले बुझ्न सक्छु । तर नियतिले त्यसरी झम्टीन पनि सक्छ । सुन्दा कम्मरमा बाँधेको रुमाल कम्मरमैं छ । पानीमा डुवेका शरिर धेरै माथीबाट बगेको छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । शवको प्रकृतिले र ११ वािर्षय छोराको भनाईले यहि भन्छ कि कल्पनाको मृत्यु घटना साजिस भनिने हिन्दी फिल्मको झैं ठुलो रहस्यको गर्वमा छ । प्रहरीले आफ्नो धर्म निभायो भने रहस्य छिट्टै पत्ता लगाउन सक्छ ।
को को थिए त उनि माथी डाह गर्नेहरु ? को को थिए त आँखा गाड्न खोज्नेहरु ? को को थिए त उनलाई सुत्ने बेलामा फोन गर्नेहरु ? पहिल्लै देखि प्रयोग गर्दै आएको मोवाईलको अन्तिम कल कसको थियो ? के के कुरा भएका थिए ? यि सवै पत्ता लगाउन प्रहरीले सक्छ । हत्या हो वा आत्महत्या ? यो प्रहरीले बाहिर ल्याउन जरुरी छ । यदि उसले आत्महत्या नै भने पनि हत्या हो र उनलाई मर्न बाध्य पार्नेलाई कार्बाही नभए अव जनता उठ्नुहोुस । भोली तपाई, म र जो कोहिपनी त्यसरी नै मर्नेछौं । यस्तो पनि कानुन हुन्छ ? यो त ज्यानमारा कानुन हो । कसरी मरे थानापतिमा पढाउने शिक्षक ? कसरी मरिन दौँघा माईती भएकी अर्घखाँची पडेनाकी चेली ? कसरी झण्डै प्रहरीले निर्दोष सावित गरी सकेको थियो अमरपुरमा श्रीमती मारेर झुण्डीएको बनाउने श्रीमान ? गुल्मी जिल्लाका यस्ता धेरै उदाहरणहरु म संग सुरक्षित छन् । प्रहरीलाई मेरो आग्राह अव भिर देखि तल भेटिने शव, झुण्डीएर, विष सेवन गरेर वा खोलामा डुवेर मरेका मान्छे उपर गहिरो छानविन गरोस । खाली आत्महत्याको संख्या बढि देखाउने र टेन्शन सेन्सन मिल्काउने परिपाटीले नै जिल्लामा धेरै मान्छे आत्महत्या भन्दै कसैबाट मारिएका हुन सक्छन् ।
वस्तुको कुलोमा भेटिएका हिमालय उच्च मावि वस्तुका तत्कालिन परिचरको हत्या नै भएको हो भन्ने कुरा सर्वसाधरणले समेत अडकल गर्छन् । यहाँ सम्मकी त्यसको बारेका खोजि निती गरीस भने तेरो पनि तेही हालत होला भनेर धम्की दिने मान्छेको फोन नम्वर र कल गरेको समय दिँदा समेत गुल्मी प्रहरीले उसलाई बोलाएर सोधपुछ गर्न सकेको छैन । परिवारजनका अनुसार आसंका गरिएको त्यो ब्याक्तिको प्रहरीमा ठुलै ओहदाको मान्छे छ । त्यस्तो भए पहँुचमा भएका मान्छेहरुबाट पहँुच विहिनहरु अकालमै मारिने त ? प्रहरीले उल्टो पिडितलाई धम्काउँछ । वस्तुका ति पिडितहरुलाई पनि त्यही गरेको हो । यस्ता थुप्रै घटना पत्रकार हुँ भन्नेहरुले खोजौं तर प्रहरीको भनाई राखेर मात्रै समाचार लेख्ने हो भने उसको प्रवक्ता हुँ भनेर घोषण गरौं जसले गर्दा मान्छेहरु अकाल मर्नबाट बच्न सक्थे कि भन्ने लाग्न थाल्यो ।
थानापतिका शिक्षकले छात्रालाई दुब्यबहार गरेको र मदिरा सेवन गरेको कुरा त आयो सञ्चार माध्यममा तर उनि माथी कति सम्म प्रहार हुँदै आई रहेको थियो ? त्यो कुरा किन आएन ? यस्तो प्रश्नमा घोतलिँदै उनका परिवार तड्पिएर बसेका छन् । उनि माथीको त्यो प्रहार स्थानियवासीबाट बुझने हो भने त्यो मदिरा सेवन, त्यो छात्रामाथीको दुर्ब्यवहार भन्ने कुरा पनि त सुनियोजित मञ्चन हुन सक्यो । नागरिक पत्रकारिताको यो दुनियाँमा कसैले कसै माथी भ्रष्टचारको आरोप लगाउँछ भने त्यो नियम संगत छानविन हुने कि लेख्ने मान्छेलाई नै प्रहरी र आफ्ना दलवल लगाएर ठिक पार्ने ? यो प्रश्न पनि उनका परिवारजनले गरेका छन् ।
पछिल्लो पटक ईन्द्रेगौडाकी कल्पनाको मृत्यु घटनाले मलाई साह्रै यस कुरामा चिन्तीत पार्यो कि अव अकाल मृत्युको शिकार हुनेमा बैदेशिक रोजगारमा हुने पुरुषका श्रीमतीहरुको सङ्ख्या बिस्तारै बढ्दै छ । मृतक खरालका जेठा छोराको कुरा सुन्दा कसैले उनिहरुलाई कठोर बन्न सिकाए जस्तो छ । ए वावा, ति अवोध वालक अरुका बाबु आमा मर्दा त आँशु थाम्न नसक्ने हुनु पर्ने तर उनि भन्छन्, "हामीलाई नै रातमा छोडेर जाने आमा सम्झेर कति रुने ? बरु मन सम्हालेर त्यो पाँच वर्षको भाईलाई हुर्काउने, पढाउने गर्दछौं ।" अडियोमा रेकर्ड उनिहरुसंगको कुराकानी जती मार्मिक र हृदयबिदारक छ उती नै सोचनिय पनि छ । ओझेलका खवरको नियमित स्तम्भ जीबनको गोरेटोका लागि तैयार पारिएको बिशेष रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोला ।
0 प्रतिकृयाहरु