Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुल्ला राष्ट्रव्यापी पुरुष भलीवल प्रतियोगिताको उपाधि गुल्मी भलीवल संघलाई

Published on 6:47:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ११ फागुन । गुल्मी जिल्लामा संचालन गरिएको खुल्ला राष्ट्रव्यापी पुरुष भलीवल प्रतियोगिताको उपाधि गुल्मी भलीवल संघ गुल्मीले हात पारेको छ । सदरमुकाम तम्घासमा आज सम्पन्न  भएको फाईनल खेलमा गुल्मी भलिवल संघले ह्वाईट स्टोन युवा क्लव नेटा दर्लिङ्गलाई लागातार तीन सेट जिती प्रथम स्थान हासिल गर्न सफल वनेको छ ।

प्रतियोगितामा ह्वाईट स्टोन युवा क्लव नेटा दर्लिङ्ग दोश्रो र स्याङ्जा भलीवल संघ तोश्रो वनेको छ । सदरमुकाम तम्घासमा अन टेष्ट युवा क्लवले आफ्नो चौंथो वार्षिकोत्सवको अवशरमा गत विहीवारदेखि उक्त प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने टीमलाई रु ७० हजार, दोश्रोलाई रु ४० हजार र तोश्रो स्थान हासिल गन टीमलाई रु २० हजार नगद सहित ट्रफी, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।  गुल्मी जिल्लामा पहिलो पटक यति धेरै राशीको पुरस्कार राखि प्रतियोगिता संचालन गरिएको यो पहिलो पटक भएको आयोजकले दावी गरेको छ ।

प्रतियोगिताको गत विहीवार गुल्मी क्षेत्र नं २ का माननीय सभासद् चन्द्र भण्डारीले उद्घाटन गर्नु भएको थियो । वाह्र टीमहरुको सहभागिता रहेको प्रतियोगितामा गुल्मी लगायत वाग्लुङ, स्याङ्जा, रुपन्देही लगायत जिल्लाका खेलाडिहरुको सहभागिता रहेका क्लवका अध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।



Tags:

+ Discussion
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग